अर्जुनधारा । दशैंले झ्याप्पै छोपेको हुन्थ्यो । अष्टमी नवमीका दिन अरुको घर–आँगनमा खसी–बोका ढालेर सपरिवार रमाइरहेका हुन्थे । म भने वेमौसमी सब्जी बेचि आधा केजी मासु किनेर बाबुहरुलाई खुशी बनाउँथें । यसरी नै टथ्र्यो दशैं ।
यस्ता असरल्ल पीडा र दुःख काट्दै आएकी झापा, बिर्तामोड नगरपालिका वडा नं. २ की ६१ वर्षिय एकल महिला मायादेवी रिजालको भोगाई हो यो ।
नाबालक बालबच्चालाई श्रीमानले छाडेर गएपछि यहाँसम्म आइपुग्दा भोगेका संस्मरण बताउँदै जाँँदा मायादेवीको बेलाबेलामा गला अवरुद्ध हुन्थ्यो ।
भोजपुर ४ नम्वर पख्वाभिरालेमा बुबा जनकलाल चम्लगाईं र आमा डिकुरादेवी चम्लगाईको कोखबाट जन्म भएको उनको १६ वर्षको कलिलो उमेरमै झापा, चारपानेका शिवप्रसाद रिजालसँग २०३१ सालमा विवाह भएको थियो । विवाह भएको १९ वर्ष बित्न नपाउँदै दुवै मृर्गौला खराब भएका कारण २०५० सालमा श्रीमान शिवप्रसादले धर्ती छाडेपछि तीन सन्तान हुर्काउने देखि घर व्यवहार चलाउनेसम्म जिम्मा आइलाग्यो, उनको काँधमा ।
आज उनको श्रीमान बितेको २६ वर्ष कटेको छ । तिनै २६ वर्षभित्र दुःख कष्ट गरेर उनले आफ्ना तीन सन्तानलाईनै स्नाकोत्तर गराइसकेकी छिन् । मायादेवीले आफ्ना कथलिएका संस्मरण सुनाउँदै गर्दा अहिले भने स्वर्गको अनुभूति भएको बताईन् ।
प्रत्येक वर्ष वडादशैंको महाअष्टमी तिथिका दिन अम्बिका प्रतिष्ठानले धैर्यवान्, संघर्षशिल साहसी आमालाई सम्मान गर्दै आइरहेको छ ।
यस वर्ष भने यस्तै सुयोग्य आमाको खोजी गर्ने क्रममा मायादेवीसँग ठोकिन पुग्यो, प्रतिष्ठान । उनको पीडा र आफ्ना सन्तानलाई शिक्षित नागरिक बनाउँन उनले गरेको संघर्ष प्रतिष्ठानको विधानसँग मेल खाएको हुँदा यो वर्ष अम्बिका प्रतिष्ठानले आमाको रुपमा मायादेवीलाई उभ्याएको छ ।
श्रीमानको वियोगमा परेकी एकल महिलाले आफ्ना सन्तानलाई शिक्षितसँगै सक्षम बनाउने कार्यमा सफल भएको भनि प्रतिष्ठानले मायादेवीलाई अष्टमीका दिन सम्मान गर्ने भएको प्रतिष्ठानका महासचिव कुमार भट्टराईले यलम्बर टाइम्सलाई बताए ।
मायादेवीका ३ छोरा मध्ये जेठा छोरा राजनप्रसाद रिजाल र माईला छोरा भक्तराज रिजाल सरकारी जागिरे छन् । ती दुवैले अंग्रेजी र नेपालीमा स्नाकोत्तर गरिसकेका छन् । भित्रिएका बुहारीहरु पनि शिक्षित छन् । कान्छा छोरा दुर्गाप्रसाद रिजालले पनि अर्थशास्त्रमा स्नाकोत्तर गरेका छन् ।
छोराहरुलाई पेटभरि खुवाएर राती ११ बजेसम्म पढाउँदा पाएको नतिजा राम्रै हुँदो रहेछ । मायादेवीले बताइन्, श्रीमान बित्दा सासुससुराले गरिखान भनि जग्गा त दिनुभएको थियो । नाबालक बालबच्चा च्यापेर खेति गर्दा कतिनै पो अन्न फल्थ्यो र ? त्यसले पुग्दैन थियो । सानो करेसाबारीमा बेमौसमी तरकारी खेति गर्थे । त्यसबाट उब्जीएको तरकारी बजारमा बेचेर नानीहरुका लगि खाता कलमको जोहो गर्थे ।
रातिरातिसम्म बारीमा काम गरेर नौं दश बजे खाना पकाउँदा छिमेकीले राति एक्लै मिठोमसिनो पकाएर खाई भन्न समेत पछि हटेनन् । जेठो छोरो अलि ठूलै थियो । मैले खाना पकाइन्जेलसम्म भाइहरुलाई उसले रेखदेख गथ्र्यो । खाना खाइसकेपछि म राति ११ बजेसम्म उनीहरुलाई पढाउँथे । झुपडी घर थियो । बाबुहरुले उत्कृट नतिजा ल्याउँथे । केही छिमेकीहरु भने बाबुहरुको नतिजा देखेर तिनछक्क पर्थे, उनले विगत सम्झिइन् ।
जग्गा जमिन भएर अन्न प्रसस्त नफल्दा कान्छो छोरोले हलो जोतोस् जस्तो लाग्थ्यो तर एसएलसीमा अब्बल अंक ल्याउँदा उसको बुबालाई सम्झेर आँखाभरि आँशु आएको सुनाइन् । आमाले यसो भनिरहँदा आमाको छेवैमा बसेका दुर्गाप्रसादले थपे, ‘ममी दिनरात नरोएको क्षण थिएन् । मैले, एसएलसी पास गरें आमा भनेर सुनाउँदा अझ भक्कानिनु भयो ।’
मायादेवीका जेठा छोरा÷बुहारी हाल अमेरिकामा छन् । डिबी परेका कारण सरकारी जागिर छोडेर अमेरिका गएका हुन् । माइलो छोरो बनेपाको हिमालय सेकेण्डरी स्कूलमा जागिरे छन् । कान्छा बैंक जागिरको प्रोसेसमा छन् । चारपाने गाउँपालिकादेखि १ सय मिटर दक्षिण अर्थात् बिर्तामोड नगरपालिका–२ मा उनको पक्काको १ तले घर छ । त्यही घरमा उनी खुशीसाथ माइली बुहारी र कान्छा छोरासँगै बसेकी छिन् ।
सानैदेखि काम गर्ने बानी भयो, देवीमायाले भनिन्, अहिले पनि १ माउ गाई र खसी, बाख्रा पालेर बसेको छु ।
मायादेवीले विवाह भएको ३१ वर्षपछि तिज मनाउँन माइतघर भोजपुर जाँदा आपूmसँगको साथीहरु तिनछक्क परेको सुनाउँदै हसिलो मुद्रामा भनिन्, त्यो बेला पैसा थिएन्, जान पाइएन । अहिले सबै थोक छ तर जाने मन हराएको छ ।