देशको अर्थतन्त्र मजबुद बनाउन सरकार अग्रसर « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

देशको अर्थतन्त्र मजबुद बनाउन सरकार अग्रसर


यलम्वर टाइम्स
२ मंसिर २०७६, सोमबार १६:१०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउन सरकार अग्रसर भएको बताएका छन् ।

माथिल्लो त्रिशुली–थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस आयोजना सञ्चालनले विद्युत आयात कम गरी विद्युतीय ऊर्जालाई कृषिको आधुनिकीकरण र उद्योग सञ्चालनमा लगाउन मदत पुग्ने बताए ।

प्रधानमन्त्री ओलीले रसुवामा निर्माण सम्पन्न भएको माथिल्लो त्रिशुली–थ्री ए आयोजनाको उद्घाटन प्रधानमन्त्री कार्यालय सिंहदरबार गरेका हुन् ।

‘गरिबी निवारण गर्न आयात कटौती र निर्यात बृद्धि गर्नु पर्छ, यस आयोजना सञ्चालनले विद्युत आयात कम गर्दै आफैंले उत्पादन गरेको विद्युतीय ऊर्जालाई कृषिको आधुनिकीकरण र उद्योग सञ्चालनमा लगाउन मदत गर्नेछ’ प्रधानमन्त्री ओलीले भने, ‘निर्माणको चरणमा रहेका यस्ता धेरै आयोजना सम्पन्न गरेर हामी मुलुकलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउँदै छौं ।’

प्रधानमन्त्री ओलीले विकासका दूरगामी आयोजनाहरु निर्माण गर्दा अनुचित मुआब्जा खोज्ने प्रवृत्तिले विकास निर्माणमा ढिलाई र लागत बढ्ने गरेको बताए ।