जनमुक्ति पार्टी झापाको अध्यक्षमा भवानी « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

जनमुक्ति पार्टी झापाको अध्यक्षमा भवानी


यलम्वर टाइम्स
६ माघ २०७६, सोमबार ११:३९

माइधार । राष्ट्रिय जनमुक्ति पार्टी झापा जिल्लाको ८ औं जिल्ला अधिवेशनबाट आगामी तीन वर्षका लागि भवानी सेलिङ चयन भएका छन् ।

सुरुङ्गाको कनकाई सामुदायिक वनमा आयोजित अधिवेशनले उपाध्यक्षमा पार्वता माङ्मु र विष्णु राजवंशीलाई निर्वाचित गरेको छ ।

यसरी नै सचिवमा पदम सुब्बा, संगठन सचिवमा मानु सामेखाम चुनिएका छन् । सहसचिव र कोषाध्यक्ष भने आगामी बैठकले निर्णय गरेर लैजाने पार्टी सचिव पदम लिम्बूले जानकारी दिए ।

यसरी नै सदस्यहरुमा बैसागु राजवंशी, अमृता नेम्वाङ, मेनुका ताम्लिङ र खड्ग तुम्वाहाम्फे रहेका छन् । अन्य सदस्यहरुलाई भने समानुपातिक रुपमा कलस्टर मिलाएर मनोनयन गर्ने बताइएको छ ।

८ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै महिला नेतृ मीना पन्धाकले ०७९ को आम निर्वाचनलाई मध्यनजर गर्दै पार्टीले रणनीतिक भूमिका अगाडि सारेको जानकारी दिइन् । प्रमुख अतिथि समेत रहेकी पन्धाकले सानो दलभित्रको निर्णायक दल जनमुक्ति भएको समेत बताइन् ।

विशेष आतिथि पार्टीका उपाध्यक्ष प्रकाश येङदेनले ठूला दलबाट नेपाली जनतालाई गरेको अपमान जनमुक्तिले सहन नसक्ने बताउँदै दुई तिहाईको सरकारबाट मुलुकलाई बन्धक बनाउने रणनीति चालिरहेको कदमप्रति जनमुक्तिको आपत्ति रहेको बताए ।

पार्टी अध्यक्ष पर्शुराम मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रतिवेदन सचिव सुब्बाले वाचन गरेका थिए ।

कार्यक्रममा प्रदेश सचिव कृष्णकुमार थेवे, बहुजातीय सांस्कृतिक मोर्चाका अध्यक्ष कैलाश मगर, संघीय परिषद सदस्य राज खम्बू लगायतको आतिथ्य रहेको थियो ।