एसी मिलनलाई प्रथम लालु (पालु) राई स्मृति भलिबलको उपाधी « Yalambar Times
५ आश्विन २०८१, शनिबार

एसी मिलनलाई प्रथम लालु (पालु) राई स्मृति भलिबलको उपाधी


यलम्वर टाइम्स
१९ माघ २०७६, आईतवार ०८:५४

अर्जुनधारा । प्रथम लालु (पालु) राई स्मृति भलिबल प्रतियोगिताको उपाधि एसी मिलन शनिश्चरेले जितेको छ ।

अर्जुनधारा–७ का युवा पालुको स्मृतिमा रमाइलो बस्ती बाल युवा क्लबद्वारा आयोजित प्रतियोगितामा एसी मिलनले दाह्री ग्यांग अर्जुनधारालाई बेस्ट अफ थ्रीको आधारमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । एसी मिलनले २५–१४, २६–२४ र २५–२१ को सेटमा पराजित गरेको थियो ।

विजेता एसी मिलनलाई अर्जुनधारा नगर खेलकुद विकास समितिका सदस्य रमेश समदर्शीले नगद तीन हजार एक सय पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा चार वटा टिमले सहभागिता जनाएका थिए ।यसअघि उद्घाटन कार्यक्रम वडा नं. ७ का अध्यक्ष नविन ढुंगानाको प्रमुख आतिथ्यमा भएको थियो ।

पालुका दाजु दिपीन राईले सञ्चालन गरेको कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे, वडा सदस्यद्वय देवकुमार राई, सन्तोष नेम्वाङ, तिलबहादुर राई, श्रीप्रसाद कटुवाललगायतले आफ्ना भनाइ राखेका थिए ।

बाल क्लबका अध्यक्ष विशाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा परिवारका तर्फबाट लीला राईले देवर पालुको बारेमा जानकारी गराएका थिए भने सदस्य कविन्द्र सिटौलाले स्वागत गरेका थिए ।