वडा नम्वर ६ ले घर घरमा पुगेर बितरण गरे बृद्ध भत्ता « Yalambar Times
८ बैशाख २०८२, सोमबार

वडा नम्वर ६ ले घर घरमा पुगेर बितरण गरे बृद्ध भत्ता


यलम्वर टाइम्स
१२ बैशाख २०७७, शुक्रबार १०:१०

अर्जुनधारा । लकडाउनका कारण बृद्ध भत्ता नपाईरहेको अवस्थामा यसै नगरको वडा नम्वर ६ ले टोल टोलमा पुगि बृद्ध भत्ता बाडन सुरु गरेको छ ।

कोरोना भाईरसका कारण सरकारले लकडाउन गरेपछि अति विपन्न परिवारलाई जीउन गाह्रो भईरहेको बेला विपन्नहरुको नामावली टोल टोलबाट झिकाई पहिलो पटक आज १२७ घर परिवारलाई ४।४ महिनाको भत्ता बितरण गरिएको अध्यक्ष लोकनाथ गौतमले बताए ।

भत्ता बाँढ्न टोल समितिका प्रतिनिधि समेत राखेर बितरण गरिएको टोल समितिका डम्बर यादवले जनाए ।

यस वडामा ३ सय पचासभन्दा बढी बृद्धभत्ता थाप्नेहरुको संख्या रहेको छ ।