सुखानी खोलाको बगरबाट गोलिया बरामद « Yalambar Times
५ आश्विन २०८१, शनिबार

सुखानी खोलाको बगरबाट गोलिया बरामद


यलम्वर टाइम्स
३ भाद्र २०७७, बुधबार १०:१८

अर्जुनधारा । सशस्त्र प्रहरी खुदुनाबारीको टिमले सुखानी खोलाको बगरमा लुकाइ राखेको अवस्थामा साखुको गोलिया बरामद गरेको छ ।

खुदुनाबारी बेस क्याम्पका कमाण्डर किरण केसीको नेतृत्वमा गएको टोलीले अर्जुनधारा–३ स्थित सुखानी खोलाको बगरमा ४ थान गोलिया बरामद गरेको बताएका छन् ।

करिब ४१ क्यूफीट उक्त साखुको गोलिया एक लाख २३ हजार मूल्य रहने जनाएको छ । उक्त गोलिया माई सवडिभिजन कार्यालय सुखानीमा मंगलबार ३ः३० बजे बुझाइएको सशस्त्रका सप्रनानी किरण केसीले जानकारी दिए ।

लकडाउनका कारण चोरी पैठारी बढ्न थालेपछि खुदुनाबारीको आसपासमा रहेका सामुदायिक वनको निगरानी हुँदै आएको छ ।