दहिझोडा सामुदायिक वनले हात्तीको आहारको लागि केरा रोप्दै « Yalambar Times
५ आश्विन २०८१, शनिबार

दहिझोडा सामुदायिक वनले हात्तीको आहारको लागि केरा रोप्दै


यलम्वर टाइम्स
१५ भाद्र २०७७, सोमबार ०९:३१

दहिझोडा । अर्जुनधारा नगरपालिका वडा नं. ४ मा रहेको दहिझोडा सामुदायिक वनले हात्तीको आहारको लागि सामुदायिक वनभित्र केरा रोप्ने काम भएको छ ।

सामुदायिक वनका सदस्य तथा हेरालुहरुको टोलीले जंगलभित्रको तिरतिरे दमार र हात्ती बस्ने ठाउँमा केरा रोपिएको हो ।

वर्षौदेखि आसामबाट आएका हात्तीहरु जुकेखाडी र दहिझोडाको जंगलमा बस्ने गरेका छन् । जंगलमा हात्तीले खाने बोटविरुवा नभएपछि गाउँ पसेर मानव क्षतिसँगै अन्नबाली नष्ट गरिदिने भएको हुँदा दहिझोडा सावले हात्तीको आहारको लागि केरा रोपिएको कुरा सामुदायिक वनका कोशी राईले यलम्वर टाइम्सलाई बताए ।

दहिझोडा क्षेत्रको आसपासमा हात्तीले यसअघि आधा दर्जनभन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने एक दर्जनभन्दा बढी घरहरु भत्काएको छ ।

सामुदायिक वन स्थापना भएर हात्तीका लागि छेक्ने र धपाउने काम बाहेक अरु काम हुन सकेको थिएन । यसपालिको समितिले विशेष पहल गरेर हात्तीको आहारको लागि वनमै उनले खाने विरुवाहरु लगाईको सामुदायिक वनकी सदस्य निर्मला लिम्बूले बताइन् ।