बंशल परिवारद्वारा अर्जुनधारा जलेश्वरधामलाई पञ्चमुखी चाँदीको मुकुट प्रदान « Yalambar Times
५ आश्विन २०८१, शनिबार

बंशल परिवारद्वारा अर्जुनधारा जलेश्वरधामलाई पञ्चमुखी चाँदीको मुकुट प्रदान


यलम्वर टाइम्स
१६ भाद्र २०७७, मंगलवार ०९:५०

अर्जुनधारा । झापाको बिर्तामोड–५ की कलावतीदेवी बंशलको परिवारले अर्जुनधारा जलेश्वरधामलाई पशुपतिनाथको प्रतिकको रुपमा एक थान भगवान शिवको पञ्चमुखी चाँदीको मुकुट प्रदान गरेका छन् ।

वंशल परिवारले प्रदान गरेको मुकुटको सोमबार कार्यक्रमको बीच विशेष पूजासहित प्राणप्रतिष्ठा गरि मुख्य मन्दिरको रुपमा रहेको भगवान शिवको शिवलिङ्गमा अर्पण गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

सोही कार्यक्रमको अवसरमा समितिकोतर्फबाट मुकुट प्रदान गर्ने वंशल परिवारका संरक्षक दाता कलावतीदेवी वंशललाई अभिनन्दन पत्रद्वारा अभिनन्दित गरिएको थियो ।

समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले उनलाई अभिनन्दन पत्र हस्तान्तरण गरेकी थिइन् ।

नगर प्रमुख हरिकुमार राना, धामका मूल अर्चक अग्निप्रसाद सिग्देललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, समितिका सल्लाहकार देवीभक्त श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।

समितिका उपाध्यक्ष भीमचन्द्र भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य भानु शिवाकोटीले गरेका थिए ।