अर्जुनधारा नगरपालिकामा कोरोना संक्रमित आएको भन्दै तीन शाखाको काम बन्द « Yalambar Times
५ आश्विन २०८१, शनिबार

अर्जुनधारा नगरपालिकामा कोरोना संक्रमित आएको भन्दै तीन शाखाको काम बन्द


यलम्वर टाइम्स
९ आश्विन २०७७, शुक्रबार ०७:३६

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका तीन शाखाको काम कारबाही आजदेखि बन्द गरिएको छ ।

बिहीबार बिर्तामोडबाट अर्जुनधारा नगरपालिकाको कार्यालयमा प्रवेश गरेका एक जनामा व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कृषि, प्रशासन र प्राविधिक शाखाको कामकारबाही बन्द गरिएको हो ।

हाल उक्त शाखाहरुलाई निसंक्रमण गरेर बन्द गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए । ‘संक्रमण फैलिन नदिन आवश्यक काम गरिएको छ’, उनले भने, ‘संक्रमित व्यक्ति कहाँ–कहाँ प्रवेश गरेका थिए, सोको यकिन गरेर निसंक्रमण गरेका छौँ ।’

ती व्यक्तिका सम्पर्कमा आएका सबै कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ । पाँच दिनपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

नगरपालिकाबाट प्रवाह गरिने अन्य सेवाहरु सुचारु रहेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताए ।

‘नगरबासीले तीन शाखा बाहेक अन्य सेवा पाउने छन्, स्वास्थ्य मापदण्ड पूरा गरेर नगरपालिकाको काम सुचारु रहनेछ’, उनले भने, ‘सबै वडा कार्यालयहरुको काम पनि जारी रहने छ ।’