कोरोना भाइरस चाँडै हट्ने गुरु आत्मनन्दको वाणी « Yalambar Times
६ आश्विन २०८१, आईतवार

कोरोना भाइरस चाँडै हट्ने गुरु आत्मनन्दको वाणी


यलम्वर टाइम्स
२० मंसिर २०७७, शनिबार ०४:३९

[सांसेमी लिम्बू, ज्ञानु केदेम]

माङसेबुङ । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले विश्वलाई आक्रान्त पारिरहेको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनुभएको छ ।

बिहीबार सम्पन्न भएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहमा समुद्घाटनमा शुभ आशीवर्चन दिनु हुँदै अङसीमाङले सो कुरा बताउनुभएको हो ।

जन्मोत्सव समारोहमा आशीर्वचन दिनु हुँदै उहाँले भन्नु भयो ‘यो कोरोना भाइरस महामारी छिटै हराएर जाने र विश्व शान्ति हुने संकेत छ ।’ यसका लागि विशेष गरी माङसेवा गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

अबको २५ वर्ष सम्ममा कुनै लडाई, झगडा भएनन् भने यहाँका मान्छेहरु इश्वरी शक्ति प्राप्त भई सम्मानसँगले बस्ने अङसीमाङ लिङ्देनले बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘भविष्यमा विश्व युद्ध भएन भने बेरोजगारी समस्या समेत समाधान हुने छ ।’

कोरोनाबाट सबैजना सचेत हुन अनुरोध गर्नु हुँदै उहाँले विश्व शान्ति र मानव एकताका लागि शुभ आशीर्वाद प्रदान गर्नु भएको थियो । अङसीमाङले अगाडि भन्नु भयो, ‘मुलुकमा शान्ति र समृद्धि कायम गर्न राजनीतिक स्थिरसँगै नेताहरुमा सत् विवेक पलाउन जरुरी रहेको छ ।’

हरेक वर्ष मंसिर १८ र १९ गते वृहत रुपमा मनाइदैं आएको अङसीमाङको जन्मोत्सव कोरोनाको जोखिमका कारण यसवर्ष सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक, भौतिक दुरी कायम गरी समारोह मनाइएको थियो ।

समारोह कार्यक्रम अन्तर्गत बिहीबार समुद्घाटन पश्चात नोमाङगेन्ना सेवा र साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोह समितिका अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिए ।

अध्यक्ष योङहाङका अनुसार शुक्रबार (१९ गते) मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट विशेष अमृतमय माङ आशीर्वचन प्रदान हुने कार्यक्रम छ ।

त्यसैगरी उहाँहरुको हस्तबाहुलीमा माङ मिक्तोक (उपहार), अभिनन्दन, चढाइने, समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिने कार्यक्रम रहेको छ । समारोहको समापन कार्यक्रम पनि शुक्रबार नै हुने आयोजकले जनाएको छ ।

यसरी नै शुक्रबार गुरु आत्मानन्द लिङ्देनले पापको मात्रा बढी भएपछि प्रलय हुने बताउनु भएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहमा आशीवर्चन दिनु हुँदै अङसीमाङले सो कुरा बताउनुभएको हो । कलियुगमा असत्यको शासन चल्ने अङसीमाङले बताउनु भएको छ ।

अङसीमाङले भन्नु भयो, ‘सत्य एक्लो हुन्छ तर सत्यको विजय हुन्छ ।’ अंहकार, क्रोध, घमण्डले नास हुने बताउनुहुँदै उहाँले भन्नुभयो, ‘मान्छेलाई धर्म चाहिन्छ धर्म बेगर मान्छे हुँदैन ।’

कोरोना भाइरस शान्ति भएपनि अर्को रुप लिन सक्ने संकेत गर्नुहुँदै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले सत्यको पछि लागेर विश्व शान्ति भए सबै शान्त र आनन्दले बाँच्न सकिने बताउनु भएको छ ।

जन्मोत्सव समारोहमा आशीर्वचन दिनुहुँदै वहाँले विभिन्न महामारीबाट बच्न हत्या हिंसारहित माङसेवा गर्न वहाँले सबैलाई आग्रह गर्नु भएको छ ।

धर्मको लागि ज्यान दिन तयार हुनु पर्छ भन्नु हुँदै, धर्मको लागि कट्टर र सही भक्त हुनु पर्ने वहाँले बताउनु भएको छ ।

हरेक वर्ष मंसिर १८ र १९ गते वृहत रुपमा मनाइदैं आएको अङसीमाङको जन्मोत्सव यस वर्ष कोरोनाको जोखिमका कारण यसवर्ष सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक, भौतिक दुरी कायम गरी समारोह मनाइएको छ ।

समारोहको कार्यक्रम अन्तर्गत बिहीबार समुद्घाटन पश्चात नोमाङगेन्ना सेवा र साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो भने, शुक्रबार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट अमृतमय माङ आशीर्वचन प्रदान भएको भएको थियो ।

त्यसैगरी वहाँहरुको हस्तबाहुलीमा माङ मिक्तोक (उपहार), अभिनन्दन चढाउने कार्यक्रम भएको थियो । समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्र वितरण साथै कृति विमोचन र खेलकुदमा विजयी सहभागिहरुलाई पुरस्कार वितरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहको आयोजनामा सम्पन्न कार्यक्रम समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।