वीरता जेसीजद्वारा राजवंशीलाई खाद्यान्न सामग्री, खतिवडालाई अवार्ड « Yalambar Times
५ आश्विन २०८१, शनिबार

वीरता जेसीजद्वारा राजवंशीलाई खाद्यान्न सामग्री, खतिवडालाई अवार्ड


यलम्वर टाइम्स
२६ माघ २०७७, सोमबार ०९:५५

बिर्तामोड । वीरता जेसीजले बिर्तामोड–९ गरामनी सतालसिंह बाडी निवासी सम्पतलाल राजवंशीलाई खाद्यान्न सामग्री प्रदान गरेको छ ।

वीरता जेसीजका स्वास्थ्य संयोजक घनश्याम चौधरीको जन्मोत्सवको अवसर पारेर विपन्न अवस्थाका राजवंशीलाई खाद्यान्न सामग्री वितरण गरिएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।

वीरता जेसीजका अध्यक्ष धिमालको नेतृत्वमा गएको टोलीले राजवंशीको घरमै पुगेर नौ हजार रुपैयाँ बराबरको चामल, तेल, दाल, चना र चिनी लगायतका खाद्यान्न सामाग्री राजवंशीलाई वितरण गरिएको कार्यक्रम संयोजक तथा वीरता जेसीजका स्वास्थ्य संयोजक चौधरीले बताए ।

आफ्नो घरमै आएर खाद्यान्न सामग्री प्रदान गरेकोमा राजवंशीले वीरता जेसीजको टोलीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी) ले गरेको अवार्ड संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।

यसरी नै वीरता जेसीजका संयुक्त सचिव टिकाराम खतिवडालाई जेसी अफ द मन्थ जनवरीको अवार्ड प्रदान गरिएको छ ।

वीरता जेसीजको सचिवालयमा सोमबार आयोजित प्रथम वोर्ड वैठकमा वीरता जेसीजका अध्यक्ष राजीव धिमाल र निवर्तमान अध्यक्ष मिजास पोखरेलले संयुक्त सचिव टिकाराम खतिवडालाई जेसी अफ द मन्थ जनवरीको अवार्ड प्रदान गरेका हुन् ।

वीरता जेसीजको वर्तमान नेतृत्वले कार्यभार सम्हालेपछि हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एक जनालाई जेसी अफ द मन्थको अवार्ड प्रदान गर्न शुरु गरेको वीरता जेसीजका अध्यक्ष धिमालले बताए ।

उत्कृष्ट कार्यको कदर गर्दै उत्कृष्ट कार्य गर्न अरुलाई पनि प्रेरित गर्ने उद्देश्यले वीरता जेसीजले सन् २०१८ देखि जेसी अफ द मन्थको अवार्ड प्रदान गर्ने कार्यको थालनी गरिएको र यस वर्ष पनि यस कार्यलाई निरन्तरता दिइएको उनले बताए ।