लिम्बु कथानक चलचित्र ‘थिम’को छायांकन सम्पन्न « Yalambar Times
१७ असार २०८२, मंगलवार

लिम्बु कथानक चलचित्र ‘थिम’को छायांकन सम्पन्न


यलम्वर टाइम्स
७ श्रावण २०७८, बिहीबार ०९:२६

फिदिम । पाँचथर लिम्बू कथानक चलचित्र ‘थिम’ (संस्कार)को छायांकन सम्पन्न भएको छ ।

लिम्बू संस्कारको संंरक्षण र प्रचार गर्ने लक्ष्यसहित निर्माण गरिएको उक्त चलचित्र पाँचथर र ताप्लेजुङको विभिन्न ठाउँमा छायांकन गरिएको हो ।

पूर्खाले मानिआएको संस्कार आउदो पिडीलाई हस्तान्तरण गर्न आवश्यक भएकोले चलचित्र थिम निर्माण गरिएको निर्देशक यलम्वर खम्बूले बताए ।

‘लिम्बू भाषामा ‘थिम’को अर्थ संस्कार लाग्छ’ निर्देशक खम्बूले भने, ‘हरेक जाति समुदायको आ–आफ्नै संस्कार संस्कृति छ । त्यस्तै लिम्बू जातिको पनि आफ्नै संस्कार छ, लिम्बू जातिमा रहेको जन्म संस्कार, विवाह संस्कार, मृत्यु संस्कार र राज्यले त्यसमाथि गरेको दमनका विषयवस्तुलाई मुख्य मुद्दाको रुपमा चलचित्रमा उठाएका छौं ।’

याक्थुङ् फिल्मस प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा यलम्बर खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबा निर्माता रहेका छन् ।

सागर केरुङको लेखनमा बनेको चलचित्रको निर्देशन यलम्बर खम्बुले गरेका हुन् । चलचित्रको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, सहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् ।

चलचित्रको छायांकन बिक्रम डिसि, ड्रोन अपरेटर बिक्रम याम्फु, नृत्य निर्देशक दिनेश माङ्मु, सहायक निर्देशक निङ्वा नेम्बाङ, नृत्य बरदान संगीतालय, गीत सागर केरुङ, संगीत बुद्धराज लिम्बू, स्वर मनि ताम्लिङ, इन्दु फोम्बो, सुनिता थेगिम, सुजन आङ्देम्बे, शृङ्गार सन्तोस रिजाल, प्रकाश मिलन खड्का, ब्यवस्थापक सुबास केरुङ नुनाम, पृष्ठभुमि ध्वनी/ध्वनी मिश्रण मनि ताम्लिङ र स्म्पादन/रङ सयोजनमा अनिल कुमार महर्जन रहेका छन ।

पाँचथर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायांकन गरिएको चलचित्रमा राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई, राजकुमार इम्बुङ, मनि हाङ इम्बुङ, राम कुमार चाम्लिङ, मनाहाङ खेवाङ, लक्ष्मी माया बेघाखुदाङ, डिल्ली राम खुदाङ, धनबहादुर खुदाङ, बलबहादुर खुदाङ, जितबहादुर खुदाङ्ग लगायतको अभिनय देख्न सकिन्छ ।

करिव ३० लाख लगानीमा निर्माण भएको उक्त चलचित्र थिम् आगामी हिन्दुहरुको महान चाड दशैमा सम्ममा रिलिज हुने निर्देशक खम्बुले बताए ।