चुम्लुङले गर्यो किरात साहित्यकार फाइवालीप्रति श्रद्धाञ्जली सभा « Yalambar Times
५ आश्विन २०८१, शनिबार

चुम्लुङले गर्यो किरात साहित्यकार फाइवालीप्रति श्रद्धाञ्जली सभा


यलम्वर टाइम्स
११ श्रावण २०७८, सोमबार ०९:०२

अर्जुनधारा । किरात याक्थुङ चुम्लुङ नजिकको संगठन याक्थुङ सकसक एकाडेमीले किरात साहित्यकार नवल फाइवालीप्रति जुम मिटिङमार्फत श्रद्धाञ्जली सभा गरेको छ ।

शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार पूर्व प्रशासक मन्जुलकुमार याक्थुङ्बाले किरात इतिहास लेखक तथा विज्ञ नवल फाइवाली हामीमाझ नहुनु चुम्लुङको लागि मात्र नभई समग्र आदिवासीहरुको लागि क्षति हुन पुगेको बताए ।

उनले फाइवालीको पार्थिव शरीर हामीमाझ नभए पनि उनको कृति र देखाएको बाटो सधै अमर भएर जाने बताए ।

श्रद्धाञ्जली सभामा फाइवालीको जीवनीबारे पत्रकार दिपीन राई र उनका साहित्य कृतिका बारे तान्छोप्पा पत्रिकाका सम्पादक अमर तुम्याहाङले चर्चा गरेका थिए ।

कार्यक्रममा एकाडेमीका अध्यक्ष येहाङ लावती, चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेम, टेक लावती, महासचिव नारायणी तुम्बापो, चुम्लुङ झापा अध्यक्ष सेसेहाङ फ्याँक लगायतले फाइवालीको विषयमा आ–आफ्नो विचार राखेका थिए ।