स्थानीय सरकार तथा प्रहरीलाई चुनौती बन्दै, लकडाउनमा दुव्र्यवसनीहरुको संख्या बढ्यो « Yalambar Times
५ आश्विन २०८१, शनिबार

स्थानीय सरकार तथा प्रहरीलाई चुनौती बन्दै, लकडाउनमा दुव्र्यवसनीहरुको संख्या बढ्यो


यलम्वर टाइम्स
२० श्रावण २०७८, बुधबार ०७:२३

अर्जुनधारा । कोरोना सन्त्राससँगै लकडाउन भइरहेको बेला सबैभन्दा बढी भित्रिया धन्दा लागू औषध कारोबार फैलिएको देखिन्छ ।
झापाका प्रत्येक पालिकाको वडा–वडामा लागूऔषध प्रयोगकर्ताहरुको संख्या वृद्धि भएर गएको भेटिन्छ ।

विद्यालय सञ्चालन नहुनु, खुला समय र समय काट्ने कामहरु नभेटिनुले पनि बालबच्चा तथा युवाहरु लागूऔषधमा फसेको प्रहरीको भनाइ छ । झापामा मात्र दैनिक जसो लागूऔषध प्रयोगकर्ताहरु धमाधम पक्राउ पर्दै आएका छन् ।

दैनिक जसो प्रयोग गरिने भएको हुँदा आर्थिक अभाव टार्न प्रयोगकर्ताहरुले घर तथा पसल फोर्ने कार्यमा समेत संलग्नता भएको पाइएको छ ।

विशेष गरि कुन ठाउँमा कसका मोवाइल कहाँ राखिएको छ ? छिमेकी प्रयोगकर्ताले थाहा पाइ अर्का प्रयोगकर्तालाई सूचना दिँदै चोर्ने काम भएको प्रहरीहरु बताउँछन् ।

राम्रा सुकिला देखिन्छन् तर बोली लटपट्टिएको हुन्छ, मध्य लकडाउनमा पनि विजनेसको काममा हिंडेको भन्दै लकडाउनको बेवास्थता गरि नसाको सुरुमा हिंडेको प्रशस्तै भेटिने गरेको छ ।

गाउँ समाजमा युवा शक्ति बिग्रिनु यसलाई स्थानीय सरकार, सचेत नागरिक र टोल–टोलमा रहेका संघसंस्था तथा सचेत युवाहरुले विचार नपुर्याउने हो भने प्रत्येक घरमा दुव्र्यवसनीको उदय हुने निश्चित छ ।

विहीबार मेचीनगर नगरपालिका– ९ लिलाचोक स्थित लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई नगदसहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मेचिनगर नगरपालिका–१ बस्ने २६ बर्षीय सरोज भुजेल र सोही स्थानका ३५ बर्षीय निर्मल भुजेल रहेका छन् ।

विहीबार बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुसँग ब्राउन सुगर ३४ ग्राम र नेपाली रु. २ लाख ५१ हजार फेला पारे पश्चात उनीहरुले प्रयोग गरेको मे.४ प ४०९७ र मे६प ३२१३ नम्बरको दुई वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको थियो ।

यसरी पक्राउ परेका कतिपय प्रयोगकर्ताहरु आफन्तबाट छुट्ने र प्रहरीलाई दबाब दिने हुँदा प्रयोगकर्ताहरुले प्रसय पाएको भुक्तभोगीहरुको भनाइ छ ।

साउन १८ गते

झापाको बिर्तामोड नगरपालिका ३ मेची आँखा अस्पताल अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका १ बस्ने २० बर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका १० ईलामेली टोलका २४ बर्षीय समिर राई रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मे८प ७३९२ नम्बरको मोटरसाईकल चढी आएका न्यौपानेको साथबाट लागूऔषध ब्राउन सुगर १२ ग्राम बरामद भएसँगै आबश्यक अनुसन्धानको लागी मोटरसाईकल पछाडि सवार राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

साउन १९ गते

झापाको बिभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० बर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधी ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्श १ बोतल सहित पक्राउ गरिएको छ ।

त्यसै गरी मेचीनगर नगरपालिका २ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको ध्द्यठद्धच् टछण्द्ध नम्बरको भारतिय मोटरसाईकल चेक गर्दा मोटरसाईकलको भाईजरमा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध ब्राउन सुगर १ ग्राम फेला परेकोले जनाएको छ ।

प्रहरीले मोटरसाईकलमा सवार मेचीनगर नगरपालिका १ का २१ बर्षीय सुलन देवान र पछाडी सवार सोही स्थानका २० बर्षीय मिङमा तामाङलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

साउन २० गते

गौरादह नगरपालिका १ गौरादह बजार स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे७प ६७६७ नम्बरको मोटरसाईकल चालक रहेका ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको थियो ।

पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा गौरादह २ का ३९ बर्षीय सुमन कुमार कार्कीबाट खरिद गरिएको जानकारी दिए ।

सो जानकारी पाए पश्चात तत्कालै प्रहरी टोली खटि गई कार्कीको घरकोठा भित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको छ ।

सुमन कुमार कार्की भने तत्काल फरार रहेकोले खोजतालस भईरहेको छ ।