कोभिडकै कारण हरेक क्षेत्र मन्दामन्दि भइरहेको बेला उपचारको विश्वासीलो आधार बन्दै गरेको अस्पतालहरु यतिबेला खर्चिलो बन्दै आएको छ ।
व्यवसायमात्र होइन किसानहरु समेत कठिन मोडमा जीवन गुजारा गरिरहेको बेला एक्कासी बिरामी भई अस्पताल भर्ना हुनुपर्यो भने उपचार पूरा हुन नसकि नश्वोचोला उड्ने गरेको पीडित पक्षको भनाई प्रशस्त आइरहेको छ ।
कोभिड आफैमा संक्रमण हो, विश्व कोभिड भनेपछि आतंकित छन् । यसले युवादेखि वृद्धसम्मलाई छाडेको छैन ।
कोभिड हेल्चेक्राईको कारणले पनि सर्ने रोग हो । धेरै मानिसहरु आफ्नोपनका कारण कोभिडका सिकार बन्न पुगेका छन् । प्रशासनका लागि मास्क लगाइदिनुपर्ने, प्रशासनलाई टेर्नुपर्ने, यता लुकिछुपी पाटी, भोजभतेर, विवाह गर्नुपर्ने जस्ता कारणले पनि कोभिड फैलन र कोभिडसँग जुध्न नसक्दा जीवन फ्याल्नुपर्ने बाध्यता बनेको छ ।
हालसम्म नेपालमा ९ हजार ९९४ कोभिडका सिकार भएका छन् । संक्रमितको ग्राफ घट्न सकेको छैन । त्यतिमात्र होइन स्वास्थ्य मन्त्रालयले तातोपानी सेवनदेखि लिएर खानेपीउने कुरामा समेत सचेत गराउँदा गराउँदै पनि त्यसलाई नमान्दा कोभिडका सिकार भएको विज्ञहरुको भनाई छ ।
अटेरपन र हेल्चेक्राईसँगै जीउनुपर्ने बाध्यतामा लाग्दा कोभिड बिरामीहरु बाँच्नकै लागि नजिकका अस्पतालहरु धाउन बाध्य छन् ।
यो मौसम रुघाखोकी, भाइरल ज्वरोको समय हो । कोभिडको लक्षण र अन्य भाइरलको लक्षण मिल्दो जुल्दो देखिन्छ । तर, स्वास्थ्य विज्ञहरुले भाइरल बिग्रिएर निमोनिया भएपछि डर लाग्दो अवस्था हुने भएको कारण अस्पताल पुग्नुपर्ने बाध्यता छ ।
अस्पतालमा कोभिडका बिरामीहरुलाई लाग्ने नागरिक वडापत्र राखिएको छैन । वडापत्रमा उल्लेख भए त्यस अनुसारको आर्थिक संकलनसँगै उपचार गर्न सक्ने नसक्ने छुट्याउन सक्थे ।
तर, अस्पतालमा पुर्याइएका बिरामीलाई एन्टिजेन्ट परीक्षणपछि कोभिड देखा पर्दा गरिने उपचार खर्च स्पष्ट नभएको कारण निको हुँदा वा गुमाउँदा देखिएको बिल भरपाईले अस्पतालहरु महंगो हुँदै गएको आम जनगुनासो छ ।
अस्पतालले लागेको खर्च त भन्छ, तर अस्पताल अगाडि कस्तो रोगका लागि के कति रकम लाग्छ भनेर जनताले देखिने गरिन वडापत्र उल्लेख गरिदिएको भए गुनासो आउने थिए ।
त्यसैले अस्पताललाई गुनासोको भण्डार बनाउनुभन्दा स्थानीय सरकार, प्रशासन र अस्पताल व्यवसायी बीच छलफल गरि नागरिक वडापत्र राख्न कञ्जुस्याँइ गर्नुहुन्न । बेलैमा सचेत हुन पनि जरुरी छ ।