लागू औषध न्यूनिकरणका लागि स्थानीय सरकारको अह्म भूमिका « Yalambar Times
५ आश्विन २०८१, शनिबार

लागू औषध न्यूनिकरणका लागि स्थानीय सरकारको अह्म भूमिका


यलम्वर टाइम्स
२५ श्रावण २०७८, सोमबार ११:२३

अर्जुनधारा । लागू पदार्थको संत्रास गरिब देशमा हुने नै गर्छ । त्यसैले राज्यले शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकता दिनुपर्छ । यी कुराहरुबाट नेपाली जनता बञ्चित भने कुलतमा फस्ने र राज्यका जनशक्ति युवाहरु कुलतमा फसेपछि देशले विकासको गतिमा अगाडि बढ्न नसक्ने संयुक्त राष्ट्रय संघको भनाइ छ ।

झापामा मात्र यतिका बिगबिगी लागू औषध प्रयोगकर्ताहरु देखिनु र प्रयोग हुनु के अब केन्द्रीय सरकारलाई दोष थुपार्ने हो त ? शिक्षा, स्वास्थ्य र खाद्य स्थानीय सरकारको नारामा छ । त्यो कार्य पूरा गर्नु स्थानीय सरकारको दायित्व हो ।

स्थानीय सरकार अन्तर्गत छुट्टै शाखा पनि छ । महिला तथा बालबालिका विकास शाखाले कुलतमा लागेका वा सुरुवाती चरणमा रहेकाहरुका लागि विभिन्न सचेतना, ज्ञानहरु, कानूनी प्रावधान र यसबाट छुट्ने उपाय प्रदान गर्नुपर्छ ।

निजी तथा सामुदायिक विद्यालयमा गई विद्यार्थी तथा अभिभावकहरुसँग अन्तरक्रिया गर्न सक्नुपर्छ । दुव्र्यवसनीहरुबाट हुने क्षतिका विषयमा बोर्डहरु, प्रचार, पम्प्लेट र स्थानीय सञ्चारगृहहरु मार्फत सचेतना बाँड्न सक्नुपर्छ ।

ती कार्य स्थानीय सरकारबाट न्यून भएको र त्यस विषयमा ध्यान नै नपुगेको कारण आज दुव्र्यवसनीसँगै जघन्य अपराध टोल तथा घरघरमा देखापर्दैछन् ।

झापामै एक सातायता यस्ता लागू औषध प्रयोगकर्ता धमाधम पक्राउ परिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रयोगकर्ताहरु कोही कारवाहीमा छन्, कोही कारागारमा थुप्रिएका छन् ।

लागू औषध प्रयोगकर्ताहरुलाई प्रहरीले दैनिक जसो नै नियन्त्रणमा लिएको खबर आउँछ, नियन्त्रणमा पनि लिएका छन् तर, त्यसको प्रयोगमा नियन्त्रण आएको कहि देखिदैन ।

यसरी लागू औषध प्रयोगकर्ता र कारोबार दिन प्रतिदिन बढ्दै जानु र त्यसको प्रत्यक्ष असर देशको शक्ति युवा पुस्तामा पर्नुले मुलुकले भविष्यमा ठूलो परिणाम चुकाउनुपर्ने अनुमान लगाउन सकिन्छ ।

लागू औषधको कारोबारले बिकराल रुप लिइरहेको बेला न्यूनिकरणका लागि अब प्रहरीमात्र होइन, स्थानीय सरकारसँगै आम सचेत नागरिकले पनि आफ्नो क्षेत्रबाट भूमिका खेल्न आवश्यक छ ।

प्रहरीले पनि प्रयोगकर्तालाई नियन्त्रणमा लिने र छाड्ने काम मात्र नगरि अनुसन्धनका आधारमा मूल जडसम्म गई लागू औषध कारोबारको सञ्जाल तोड्नु आवश्यक छ ।

यसै विषयमा वडा नं. ८ का वडाध्यक्ष गोपीचन्द्र गौतमले एक कार्यक्रममा अनुरोध गर्दै छरछिमेकमा वा आफन्तमा प्रयोगकर्ता भए आफ्नै घरमा प्रयोगकर्ता सल्काइदिने प्रबल सम्भावना भएको हुँदा आफन्त होस् या नातागोता संरक्षण गर्न ठिक नहुने बताए ।