छोराको जन्मोत्सवमा तामाङ दम्पत्तिबाट पत्रकार उपचार कोषमा सहयोग « Yalambar Times
५ आश्विन २०८१, शनिबार

छोराको जन्मोत्सवमा तामाङ दम्पत्तिबाट पत्रकार उपचार कोषमा सहयोग


यलम्वर टाइम्स
२६ श्रावण २०७८, मंगलवार ११:४८

बिर्तामोड । अर्जुनधारा–९ कप्तानबारीका सन्तोष तामाङ र कृष्टिना थापा तामाङले आफ्ना सन्तान नबाङ्ग तामाङको जन्मोत्सवको अवसर पारी मंगलबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार ११ रुपैयाँ प्रदान गरेका छन् ।

छोरा नबाङ्गको चौथो जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम तामाङ दम्पत्तिले महासंघका उपाध्यक्ष केशव भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

जन्मोत्सवको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न आफूले रकम प्रदान गरेको तामाङले बताए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने बताइएको छ ।

महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।