अविरल वर्षाका कारण तीन दिनभित्र बाढी पहिरोमा परी पूर्वी प्रदेश नं. १ मा ६२ जनाको ज्यान गुमेको छ । पहिरोकै कारण अधिकांशको मानिसहरुको मृत्यु भएको हो । पहिरोबाट पीडित हुन पुगेकालाई उपचार गर्न हिंडेका दुइ स्वास्थ्यकर्मीहरु पनि पहिरोकै सिकार भएको बताइएको छ । नेपालको पूर्वी पहाड विगत दुइ दशक यताबाट रुख काटिनाले सुक्खा खडेरीसँगै वर्षत नहुँदा कच्चा भएर उभिएको छ । कतिखेर के हुन्छ ? यकिन भन्न सकिने अवस्था छैन । खोला खोल्सीहरुमा बग्ने पानी पनि सुक्न थालेका छन् भने जरुवा घाटहरु सुकिसकेका छन् ।
वर्षौदेखि पहाडहरु सुक्न थालेपछि स्थानीय जनजीवन पनि कष्टपरक बन्दै गएको छ । हिउँदमा पानीको हाहाकार, बर्खामा पहिरो जाने पीर । यस्तै अवस्थामा चल्दै गएको हाम्रा पहाडहरुमा लगाइएका उतिस, चिलाउने र ठाउँठाउँमा रहेका साखु चिरान र कटानले गर्दा पहाडहरु कमजोर हुँदै गएको भू–गर्व विद्हरुको भनाई छ । दिनहँु पहाडको सल्ला, उतिस र चिलाउने तराईका काठ मिलहरुमा नल्याउने हो भने पहाडहरु दर्बिलो रुपमा उभिने थियो । त्यसो नहुँदा हिजोआज बाढी, पहिरोले भएका ठाउँहरु पनि भत्किन थालेका छन् । वर्षौदेखि जीविकोपार्जन गर्दै आएका मानिसहरु पनि पहिरोले विस्थापित हुनुपरेको छ भने अकालमा ज्यान गुमाउनु परेको अवस्था छ ।
त्यतिमात्र होइन, वडा नै पिछे विकासका नाममा बाटोहरु भ्याकु लगाएर बनाउँदा पनि पहाडहरु असुरक्षित बन्दै आएका छन् । त्यसैले पहाडलाई कङक्रिटको रुपमा उभ्याउन र जरुवा खोल्सीका रुपमा लैजान अब पहाडका रुखहरु काटिनु हुँदैन । चुरे संरक्षणलाई ध्यानमा राख्दै पहाडलाई जोगाउन सके यति बिग्न बिनास हुने थिए । त्यसतर्फ सबैको ध्यान जान जरुरी छ ।