अर्जुनधारा जेसीजद्वारा खोला मजदुरलाई जाली र बेल्चा वितरण « Yalambar Times
५ आश्विन २०८१, शनिबार

अर्जुनधारा जेसीजद्वारा खोला मजदुरलाई जाली र बेल्चा वितरण


यलम्वर टाइम्स
२६ माघ २०७८, बुधबार ०५:३२

अर्जुनधारा । अर्जुनधारा जेसीजले खोला मजदुरहरुलाई आज सामग्री वितरण गरेको छ ।

अर्जुनधारा–७ स्थित विरिङ खोलामा पुगेर खोला मजदुरहरुका लागि आवश्यक तार जाली र बेल्चा एक समारोह बीच वितरण गरेको हो ।

तारजाली वितरण गर्दै प्रमुख अतिथि वडा नं. ७ का अध्यक्ष नवराम ढुंगानाले जेसीज नेतृत्व निर्माण गर्दै गर्दा कहिले किसानप्रति लक्षित भएर काम गर्ने, कहिलो खोला मजदुरहरुप्रति सहयोग सद्भाव राख्ने जस्ता कार्यले ग्रामिण क्षेत्रमा जेसीजको भावना बढेकोमा वर्ष ०२२ का टिमलाई धन्यवाद प्रदान गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि वर्ष ०१५ का अध्यक्ष दिपीन राईले सिर्जनात्मक काममा जेसीज अगाडि भएको हुँदा कसैले नदेखिने क्षेत्रमा जेसीजको काम, कर्तव्य र सद्भाव फैलाउँदै जाने बताए ।

वर्ष ०२२ का अध्यक्ष भीमबहादुर कुँवर राजुको सभापतित्वमा भएको कार्यक्रममा संयोजक भवानी बरालले मजदुरप्रतिको सद्भाव जेसीजमा भएको हुँदा अहिलेलाई २५ खोला मजदुरलाई सामग्री वितरण गरिएको बताउँदै नपुगेका खोला मजदुरका लागि अर्को पटक वितरण गरिने भन्दै जानकारी गराएका थिए ।

कोषाध्यक्ष बालगोपाल गौतमले जेसीज आस्था वाचन गरेको कार्यक्रममा कार्यकारी उपाध्यक्ष प्रेम खड्काले धन्यवाद व्यक्त गरेका थिए ।

ठूलो समूहमा सहभागि मजुदरहरुलाई खोलामै आएर यस्तो खाले कार्यक्रम गरि सहयोग पुर्याएकोमा मजदुर टेकबहादुर राईले जेसीजलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा वर्ष ०१७ का अध्यक्ष प्रल्हाद ढुंगानाले जेसीज टिमलाई आभार प्रकट गर्दै अर्जुनधारालाई उचाइमा पुर्याउन नयाँ कार्यक्रम बनाउँदै जान आग्रह गरे ।