अदुवा बिक्री नहुँदा कृषक मारमा « Yalambar Times
५ आश्विन २०८१, शनिबार

अदुवा बिक्री नहुँदा कृषक मारमा


यलम्वर टाइम्स
८ फाल्गुन २०७८, आईतवार ०७:०८

पाँचथर । अदुवाको मुख्य सिजन सुरु भए पनि व्यापारी नआउँदा कृषकको अदुवा बारीमा कुहिने अवस्थामा पुगेको छ ।

विगतका वर्षहरुमा अदुवा किन्न व्यापारीहरु घर–घर आउने गरे पनि यस वर्ष नआउँदा बारीमै कुहिने अवस्थामा पुगेको हो ।

नेपालको अदुवा भारत निर्यात हुने गथ्र्यो । तर अहिले भारतमै अदुवा उत्पादन हुन थालेपछि नेपाली अदुवाको बिक्री हुन सकिरहेको छैन ।

अदुवाको मूल्य घटेसँगै बिक्री पनि नहुँदा कृषकहरु थप चिन्तित छन् । गतवर्ष ९ सय रुपैया प्रतिमनसम्म बिक्री भएको अदुवा अहिले मुख्य सिजनमा समेत प्रतिमन ५ सय रुपैयाँका दरले समेत बिक्री हुन नसकेको कृषक बताउँछन् ।

नेपालमा उत्पादन हुने अदुवा ९० प्रतिशत भारत निर्यात हुने गरेको राष्ट्रिय कृषक महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले बताए ।

पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, ताप्लेजुङ लगायतका जिल्लामा व्यावसायिक रुपमा अदुवा खेती हुने गरेको छ ।