[सुम्निमा]
अर्जुनधारा । नेपाली कांग्रेस अर्जुनधारा नगर समितिले शुक्रबारबाट प्रचार अभियान सुरु गरेको छ ।
प्रचार अभियानमा नगर सभापति हेमराज खरेल, नेता भरत बुढाथोकी, मदन बुढाथोकी, दलित नेता राजकुमार बराइली महिला नेतृ लीला कटुवाल, तरुण दलका विजय साम्पाङ लगायतको अगुवाईमा वडा नं. ८ बजार परिक्रममा गरेका थिए ।
कांग्रेस जिताऔं अभियान अन्तर्गत उक्त र्याली शनिश्चरे बजार परिक्रमा गर्दै गाउँ प्रवेश गरेको थियो । हातमा पर्चापम्प्लेट बोकी
यो पटक कांग्रेसलाई जीताउन सबैसँग आग्रह गरेका थिए ।