झापा । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । निगमले प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो ।
त्यस्तै ग्यासमा भने प्रतिसिलिन्डर २०० रुपैयाँले वृद्धि गरेको छ ।
नेपाल आयल निगमले आईतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ ।
यस्तै निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।
यस्तै हवाई इन्धन (अन्तरिकतर्फ) को १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजेलमा ३ अर्ब ४० करोढ र एलपी ग्यासमा ३ अर्ब घाटा हुने निगमले जनाएको छ ।