भ्रष्टाचारी र पहिचान विरोधी पाखा लाग्छन्ः इलाम क्षेत्र नं. २ का उम्मेद्वार पालुङ्वा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

भ्रष्टाचारी र पहिचान विरोधी पाखा लाग्छन्ः इलाम क्षेत्र नं. २ का उम्मेद्वार पालुङ्वा


यलम्वर टाइम्स
२३ आश्विन २०७९, आईतवार १३:००

इलाम । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले जीतको सुनिश्चितता रहने विश्वास गर्दै इलाम क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।

च्याब्रुङ नृत्यसहित कार्यकर्ताहरु माझ ठीक ४ः०० बजे निर्वाचन कार्यालयमा पुगेका अध्यक्ष पालुङ्वाले ४ः३५ बजे उम्मेद्वारी दर्ता गराएका थिए ।

उम्मेद्वारको प्रमाणपत्र बुझ्दै पहिचान पक्ष मतदाताहरुले यसपाली घर चिन्हलाई रोजेको हुँदा आफू निश्चित रुपमा विजयी हुने बताए ।

अध्यक्ष पालुङ्वाले अगाडि भने, ‘देश भ्रष्टाचारीहरुको चंगुलमा फसकेको हुँदा त्यस्ता नियती भएका उम्मेद्वारलाई जनताले पाखा लगाउँदै धर्म स्वतन्त्रता, पहिचान पक्षधर र जातीय मुक्तिका लागि लड्दै आएको पुरानो दल जनमुक्ति भएको हुँदा जनमुक्तिको विजय सुनिश्चित छ ।’

अध्यक्ष पालुङ्वासँग क्षेत्र नं. २ ‘क’ का लागि मित्र जवेगु र ‘ख’ का लागि पवित्रा लिम्बू तुम्वाहाम्फेले समेत उम्मेद्वारी दर्ता गराएकी छिन् ।

उम्मेद्वारी दर्ता गराउन पार्टी केन्द्रीय उपाध्यक्ष प्रकाश येङदेन लगायतका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसरी नै ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका लागि इन्द्र थलङ, प्रदेश सभा सदस्यका लागि यामबहादुर आङ्बोहाङ र मोतीलाल तुम्बाहाम्फेले उम्मेद्वारी दिएको बताइएको छ ।

यसरी नै काठमाण्डौ क्षेत्र नं. १ का लागि पार्टीका केन्द्रीय कोषाध्यक्ष मानबहादुर राईले उम्मेद्वारी दिएका छन् ।

राई उम्मेद्वारी दर्ता गर्ने मध्ये पहिलो व्यक्ति भएको आयोगले जनाएको छ । उनको उम्मेद्वारी दर्ता १० बजेर १० मिनेटमा निर्वाचन आयोगले गरेको थियो ।

मनोनयन दर्ता गर्दै उम्मेद्वार राईले भने, ‘यस पटक पहिचान विरोधी, भ्रष्टाचारी र नातावाद, कृपावादको अन्त्य हुनेमा आफू विश्वस्त रहेको छु ।’