फाइवालीलाई मरणोपरान्त सम्मान « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

फाइवालीलाई मरणोपरान्त सम्मान


यलम्वर टाइम्स
१५ मंसिर २०७९, बिहीबार ११:२३

खुदुनाबारी । यस वर्षको चासोक तङ्नामको अवसरमा किरात साहित्यकार तथा अन्वेषक स्व. नवल फाइवालीलाई मरणोपरान्त सम्मान गरिने भएको छ ।

चासोक तङ्नाम महोत्सव अर्जुनधाराका अध्यक्ष राजेश जवेगुको सभापतित्वमा भएको ५१ सदस्यीय समितिले फाइवालीलाई मरणोपरान्त सम्मान गर्न लागिएको हो ।

अर्जुनधारा क्षेत्रमा रहेर राजधानीलाई समेत किरात साहित्यका विषयमा चर्चा चलाउने र थुप्रै आदिवासी सम्बन्धि पुस्तक प्रकाशित गरिसकेका पहिचानवादी योद्धा भएको हुँदा उनलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।