मेलमिलाप समितिले दुवै पक्षको जीत हुने वातावरण बनाउछः उपप्रमुख पराजुली « Yalambar Times
५ आश्विन २०८१, शनिबार

मेलमिलाप समितिले दुवै पक्षको जीत हुने वातावरण बनाउछः उपप्रमुख पराजुली


यलम्वर टाइम्स
१८ मंसिर २०७९, आईतवार ११:२७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले मेलमिलापकर्ताहरुबाट दिएको प्राप्त ज्ञान नगरमा उपयोग हुने विश्वास लिएकी छिन् ।

अर्जुनधारा नगरपालिकाको सभाहलमा तीन दिने पुनर्ताजकी तालिमको समापन कार्यक्रममा सहभागि प्रशिक्षार्थीहरुसँग यस्तो विश्वास लिएकी हुन् ।

उपप्रमुख पराजुलीले नगरलाई उत्कृष्ट बनाउन विकासमात्र होइन सुशासन पनि भएको हुँदा सुशासनको प्रत्याभूति दिलाउन न्यायिक समिति सक्रिय रहने विश्वास लिइन् ।

देवानी प्रकारका विवादहरु ४८ घण्टामा स्थानीय स्तरबाटै छलफल गर्ने र मेलमिलाप तालिममा सहभागि वडाका मेलमिलापहरुबाटै छिनोफानो गरिने स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको हुँदा त्यसलाई अनुसरण गरेर अगाडि बढे सबैको जीत हुने विश्वास लिए ।

तीन दिनसम्म चलेको कार्यक्रममा न्यायधिस डा. रमेश रिजाल, मेलमिलाप समितिका संगीता थापा र चेतन विष्टले सहजीकरण गरेका थिए ।

तालिम अवधिमा उपस्थित सहभागिहरुले वडाका मेलमिलाप समितिले गरेको निर्णयलाई वडाध्यक्षबाट पनि सहज दिलाउन सहजकर्ताहरुमार्फत नगरपालिकालाई आग्रह गरेका थिए ।

नगरभित्रका धेरै वडामा त्यस्तो नभए पनि केही वडामा देखिएको हुँदा सहभागिहरुले यस्तो प्रश्न राखेको संगीता थापाले बताइन् ।