कालोपत्रे बन्ने एरियामा जनतालाई अनुगमन गर्न आग्रह गर्दै नगर प्रमुख बलदेव « Yalambar Times
५ आश्विन २०८१, शनिबार

कालोपत्रे बन्ने एरियामा जनतालाई अनुगमन गर्न आग्रह गर्दै नगर प्रमुख बलदेव


यलम्वर टाइम्स
१८ मंसिर २०७९, आईतवार ११:३१

खसीहट्टी । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देनले शनिश्चरे बजारबाट नारायण चोक हुँदै खुदुनाबारीसम्म बन्ने कालोपत्रेको विषयलाई लिएर सडक किनारका घरधनी र पसलेलाई निर्माण प्रक्रियामा अनुगमन गर्न आग्रह गरेका छन् ।

ठूलो योजनाबाट टिकाउ र पक्का कालोपत्रे बन्दै गएको हुँदा सडक किनारका आम उपभोक्ताहरुलाई निर्माण कार्य हुँदै गरेको कालोपत्रे बाटोको पूर्ण अनुगमन गरेर सडक दर्बिलो अनुरोध गरे ।

बन्दै गरेको कालोपत्रे अर्जुनधाराकै नमूना हुने उनले विश्वास लिए । अर्जुनधारा–७ खसीहट्टी नजिक बाटो किनारका घरधनीहरुलाई बोलाएर सडकका विषयमा जानकारी गराउँदै निर्माण कार्य अगाडि सारिएको छ, जिल्लाबाट सडक डिभिजनका इन्जीनियर सरोज खनाल स्वयम आफै उपस्थित हुनुहुन्छ उहाँको निगरानी रहनेछ । र हाम्रो नगरको इन्जीनियर निरज अधिकारीको पनि रेखदेख रहने भएको हुँदा तपाईहरुको उपस्थिति जरुरी छ ।

हामी निर्वाचित जनप्रतिनिधि भनेको समयमा आउन नसकौला त्यसैले निर्माण कार्य भएको स्थानमा तपाईहरु थाहा पाइरहनु हुन्छ, कहा थिगनेस पुगेन, कहाँ मिक्डगिटी अपुग भयो, कहाँ कालोपत्रे पुगेन त्यसको रेखदेख तपाईहरुले गर्नुभयो भने सडकको आयु बढी हुने भन्दै सम्झाएका थिए ।

त्यसरी नै शनिश्चरे बजारको एक्सेल बैंक परिषरमा पनि आइतबार आम उपभोक्ताहरुलाई उभ्याएर सडक अनुगमनमा लाग्न आग्रह गरेका थिए ।

सडक तपाई हामी सबैको हो । रेखदेख उत्तिनै आवश्यक भएको हुँदा मसिनो ढंगबाट नियाल्न नगर प्रमुख गोम्देनले भने ।

भेलामा गौरी श्रेष्ठ, चन्द्रकला भण्डारी, समिर घिमिरे, सुरज पाचकोटी लगायतले नगर प्रमुखलाई सडक कहिले सम्पन्न हुन्छ भन्ने प्रश्न राखेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै २० दिनभित्रमा शनिश्चरे बजारबाट नारायण चोकसम्म पहिलो पटक कालोपत्रे भइसक्ने बताउँदै डीईका इन्जीनियर सरोज खनालले पनि मेसिनले धोका दिएन भने २० दिनभित्रमा पूरा गरिसक्ने जानकारी दिए ।

सडकको मापदण्ड बजारमा लम्बाई एक हजार मिटर, चौडाई १० मिटर र मोटाई ०.२ मिटर रहनेछ ।

बजारदेखि उत्तरतर्फ लम्बाई ६६.२२ मिटर, चौडाई ५.५ मिटर र मोटाई ०.२ मिटर रहने नगरका इन्जीनियर अधिकारीले बताए ।

उपभोक्तालाई सचेत गराउने कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष कुमार उप्रेतीले पनि सडकमा निगरानी गर्न आग्रह गरेका थिए ।

उप्रेतीले भने, हामी बजेट ल्याउने कार्यान्वयन पक्ष प्राविधिक र रेखदेख गर्ने पक्ष तपाई जनता भएको हुँदा तीन तहबाटै अनुगमन भए असल काम हुने बताए ।

खसीहट्टीमा भएको भेलामा वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडालाई रेडक्रस अगाडि तारे पोललाई व्यवस्थापन गर्न अनुरोध गर्दै भत्किन लागेको रेडक्रस भवनको समेत अनुगमन गर्न स्थानीय उपभोक्ताहरुले आग्रह गरेका थिए ।