‘लैङ्गिक हिंसा विरुद्ध प्रत्येक दिन लडौं’ « Yalambar Times
५ आश्विन २०८१, शनिबार

‘लैङ्गिक हिंसा विरुद्ध प्रत्येक दिन लडौं’


यलम्वर टाइम्स
२४ मंसिर २०७९, शनिबार ०३:०९

अर्जुनधारा । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापनमा हिंसा विरुद्ध प्रत्येक दिन लड्नुपर्ने समय आएको उपप्रमुख खड्गमाया पराजुली बताएकी छिन् ।

नारी चेतना समूहले अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी पराजुलीले हिंसा आफैमा घृणित शब्द भएको हुँदा गाउँ समाज टोलमा देखिए निर्मूल पार्ने अभियानमा सबै नागरिक समाज जुट्नुपर्ने बताइन् ।

पम्फा विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि बारकी देवीमाया निरौलाले हिंसा गर्ने नागरिक समाजको दोषी भएको हुँदा त्यसको अन्त्य कानुनी प्रक्रियामा मात्र होइन समाजबाटै गर्नुपर्ने बताइन् । पूर्णिमा सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन इन्दिरा दाहालले गरेकी थिइन् ।