ज्येष्ठ नागरिक समाजले गरेको कामप्रति प्रशंसा « Yalambar Times
५ आश्विन २०८१, शनिबार

ज्येष्ठ नागरिक समाजले गरेको कामप्रति प्रशंसा


यलम्वर टाइम्स
२४ मंसिर २०७९, शनिबार ०३:३१

अर्जुनधारा । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले नगरमा गरेको विभिन्न सकारात्मक कामप्रति नगर प्रमुख बलदेव गोम्देनले खुलेरै प्रशंसा गरेका छन् ।

शुक्रबार मिलन समाजले ११ वटै वडाका ज्येष्ठहरुलाई न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि गोम्देनले बसी खाने अवस्थामा पनि युवा जोश देखाउँदै समाजमा विभिन्न कार्यक्रम गरेको हुँदा प्रशंसा गरेका हुन् ।

ज्येष्ठ नागरिक समाजले बुहारी सम्मान, धार्मिक अवलोकन भ्रमण, लक्ष्मी जयन्ती, साहित्यीक कार्यक्रम साथै लामो समय सञ्चारमा आवद्ध भएकाहरुलाई सम्मान गर्दै आएको विवरण प्रस्तुत गरेपछि प्रमुख अतिथि गोम्देनले नगर क्षेत्रमा धेरै काम ज्येष्ठ समाजले गरेको हुँदा आउने दिनमा ज्येष्ठ नागरिक समाजसँग मिलेर काम गर्ने बताए ।

न्यानो कपडा वितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले ज्येष्ठ नागरिक समाजको काम देखिने गरि भएको प्रतिक्रिया दिइन् ।

वडा नं. ८ का वडाध्यक्ष कुमार उप्रेतीले ज्येष्ठ नागरिक समाजले समाज रुपान्तरणमा टेवा पुर्याएको प्रतिक्रिया दिए ।

ज्येष्ठ नागरक समाजका वरिष्ठ उपाध्यक्ष लक्ष्मी इङ्नामले स्वागत गरेको कार्यक्रममा ११ वडाका विपन्न ज्येष्ठहरुलाई ५५ वटा ब्ल्याङ्केट वितरण गरेको सचिव नरेन्द्र तिम्सिनाले यलम्वर टाइम्सलाई बताए ।

कोषाध्यक्ष कृष्ण पौडेलले सञ्चालन गरेको ब्ल्याङ्केट वितरण कार्यक्रममा संस्थापक अध्यक्ष गणेशप्रसाद प्रसाई, नेपाली कांग्रेसका उपसभापति चतुर्भुज काफ्ले, लभकुश गिरी, जीतबहादुर कुमाल, हरिप्रसाद काफ्ले, शेखरनाथ अधिकारी, गोमादेवी लुइटेल लगायतले वितरणमा सहजीकरण गरेका थिए । कार्यक्रम दुर्गा मन्दिर परिषरमा भएको थियो ।