अर्जुनधारावासीका लागि लालपूर्जा दिलाउन अदालत जाने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारावासीका लागि लालपूर्जा दिलाउन अदालत जाने


यलम्वर टाइम्स
२८ मंसिर २०७९, बुधबार ०९:३३

अर्जुनधारा । पुस्तौदेखि लालपूर्जा नपाई बसेका अर्जुनधारा क्षेत्रका नागरिकका लागि स्वतन्त्र उम्मेद्वार भई उपविजेता बनेका अधिवक्ता भद्रप्रसाद नेपाल ‘स्वागत’ले लालपूर्जा दिलाउनका लागि अदालतमा जाने भएका छन् ।

आफू पराजीत भए पनि या विजयी बने पनि लालपूर्जा विहीन नागरिकको लागि लडिरहने प्रतिवद्धता अनुसार उनी सर्वोच्च अदालतमा के कारणले लालपूर्जा दिन सकिन्न भनी मुद्दा लड्न लागेका हुन् ।

पुस्तौदेखि जोत भोग गर्दै आएका र अर्जुनधारा नगरपालिकालाई १० वर्षको ऐलेनी जग्गाको कर तिरेको पूर्जालाई आधिकारीता मान्दै भद्रप्रसाद नेपाल अदालत जाने भएको अर्जुनधारा ७ पौडेल चोकका युवराज पौडेलले जानकारी दिए ।

अव्यवस्थित सुकुम्बासीका नाममा कर लिने तर, लालपूर्जा दिन पछि हट्ने यो नेपाली नागरिकका लागि हेपिएको हुँदा यसको छिनोफानोका लागि आफू लड्ने भद्रप्रसाद नेपालले पटक–पटक भन्दै आएका छन् ।

त्यसै अनुसार अर्जुनधारालाई कर तिरको रसिद र दुइ दशक अघिदेखि बस्दै आएको प्रमाण साथै नेपाली नागरिकतासमेत संकलन गरेर सर्वोच्चमा मुद्दा लड्ने भएपछि सुकुम्बासीहरुसँग प्रमाण संकलन गर्दै गरेको स्थानीयले बताए ।