प्याव्सन अर्जुनधाराको सांस्कृतिक प्रतियोगिताः गायनमा स्वस्तिका र रोज बार्ड, नृत्यमा रुपरत्न प्रथम « Yalambar Times
५ आश्विन २०८१, शनिबार

प्याव्सन अर्जुनधाराको सांस्कृतिक प्रतियोगिताः गायनमा स्वस्तिका र रोज बार्ड, नृत्यमा रुपरत्न प्रथम


यलम्वर टाइम्स
३ पुष २०७९, आईतवार ०६:२६

लक्ष्मीपुर । प्याब्सन अर्जुनधाराद्वारा आयोजित पालिकास्तरीय गायन तथा नृत्यु प्रतियोगितामा गायनतर्फ स्वस्तिका शिशु सदन, रोज बर्ड इङलिस स्कुल र नृत्यतर्फ रुपरत्न मेमोरियल बोर्डिङ स्कुल प्रथम भएका छन् ।

शुक्रबारबाट जारी प्रतियोगिताको दोस्रो दिन शनिबार सिनियर र जुनियर सिंगिङ र जुनयिर मोडर्न डान्सको प्रतियोगिता भएको थियो ।

जसमा स्वस्तिकाले सिनियरतर्फ र रोज बर्डले जुनियरतर्फ प्रथम स्थान हासिल गरे भने जुनियर मोडर्न डान्सतर्फ रुपरत्न प्रथम बन्यो । यस्तै, सिनियरतर्फ प्रगति बोर्डिङ स्कुल दोस्रो हुँदा रुपरत्नले तेस्रो स्थान बनाएको छ ।

यस्तै, जुनियर सिगिंङतर्फ ब्रिलियन्ट पुपिल एजुकेशन फाउण्डेशन दोस्रो र सूर्यज्योति इङलिस बोर्डिङ स्कुल तेस्रो भए ।

यसैगरी जुनियर मोडर्न डान्सतर्फ होलिका इङलिस बोर्डिङ स्कुल दोस्रो र ब्रिलियन्ट पुपिल एजुकेशन फाउण्डेशनले तेस्रो स्थान बनायो ।

६ विधाको प्रतियोगितामा सबैभन्दा बढी रुपरत्नले एक स्थानमा पहिलोसँगै ५ विधामा पुरस्कार जितेको छ । उसले जुनियर मोडर्न डान्समा प्रथम स्थान पाउँदा अन्य विधामा तेस्रो स्थान ल्याएको छ । जुनियर सिंगिङमा मात्र पुरस्कृत हुन सकेन ।

प्याव्सन अर्जुनधाराका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुमार रायाका अनुसार छ विधामा प्रथम हुने विद्यालयका विद्यार्थीले पुस २३ र २४ गते हुने प्याव्सन डेमा सहभागिता जनाउने छन् ।