दुर्घटनामा परी पत्रकार लीला अनमोल घाइते « Yalambar Times
५ आश्विन २०८१, शनिबार

दुर्घटनामा परी पत्रकार लीला अनमोल घाइते


यलम्वर टाइम्स
१३ पुष २०७९, बुधबार ०५:४३

बिर्तामोड । रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोल दुर्घटनामा परी घाइते भएकी छिन् ।

मंगलबार बिहान ११ः४५ बजे बिर्तामोडको सिटी सेन्टर अगाडिको पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा पत्रकार अनमोल घाइते भएकी हुन् ।

बिर्तामोड ५ निवासी अनमोल चढेको प्रदेश १–०१–०१५प ९१४० नम्बरको स्कुटीलाई दुईवटा सवारी साधनले ठक्कर दिएका थिए ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको युपी ३७ टी ७८१३ नम्बरको भारतीय ट्रक र ना ५ ख ८११९ नम्बरको यात्रुबाहक बसले स्कुटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख इन्स्पेक्टर अशोक जवेगुले बताए ।

ट्रकले ठक्कर दिएपछि स्कुटी बससँग ठोक्किएको जनाइएको छ । घाइतेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

दुर्घटनापछि ट्रक, बस र स्कुटीलाई नियन्त्रणमा लिइएको जवेगुले जानकारी दिए ।