शनिश्चरे मावि २०५० एसएलसी व्याचको अध्यक्षमा राई « Yalambar Times
५ आश्विन २०८१, शनिबार

शनिश्चरे मावि २०५० एसएलसी व्याचको अध्यक्षमा राई


यलम्वर टाइम्स
१९ पुष २०७९, मंगलवार ०७:२१

अर्जुनधारा । शनिश्चरे माध्यमिक विद्यालयको एसएलसी व्याच २०५० को चौथो साधारणसभाले आगामी २ वर्षका लागि अध्यक्षमा अशोक वान्तावा राईलाई निर्वाचित गरेको छ ।

कालिका सिमसारमा भएको भेलाले अध्यक्षमा राईलाई सर्वसम्मत चयन गरेको हो ।

यसरी नै उपाध्यक्षद्वयमा रोहित भट्टराई र इना भट्टराई, सचिवमा भुपेन्द्र खनाल, सहसचिवमा सुवास भट्टराई, कोषाध्यक्ष रोशनी घतराज रहेका छन् ।

यस्तै सदस्यहरुमा सञ्जु तिम्सिना, भुपेन्द्र श्रेष्ठ, चन्दा ढुंगेल, प्रेम चौहान, हेमन्ता भट्टराई, गणेश ठाकुर, धनराज गौतम, दिपेन्द्र गट्टानी छानिएका छन् ।

यसरी नै सल्लाहकारको संयोजकमा खेम बस्नेत, सदस्यहरुमा तोया गौतम, भिष्म मिश्र, सार्दूल ओली, तुलसा प्रधान, सन्तोष राई, विनोद आचार्य चयन गरेका छन् ।

भेलाले समूहमा आवद्ध सदस्यहरुका लागि आइपर्ने समस्याहरुप्रति समाधान गर्न प्रतिवद्धता व्यक्त गर्दै आर्थिक उन्नति र प्रगतिमा २०५० एसएलसी व्याचलाई डोहोर्याउँदै सहकार्यको माध्यमबाट अगाडि बढ्ने समेत उल्लेख गरेको छ ।

हामी सहपाटी नारा दिएर अगाडि बढेको समूहले सदस्यहरुको परिवारमा मृत्युवरण भए समवेदनासहित सहयोग गर्दै आएको अध्यक्ष अशोक वान्तावाले जानकारी दिए ।