सक्षम युवा विदेश पलायन भए मुलुक असक्षमको गतिमा फस्नेः राष्ट्रिय सेवा दलका महानिर्देशक कार्की « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

सक्षम युवा विदेश पलायन भए मुलुक असक्षमको गतिमा फस्नेः राष्ट्रिय सेवा दलका महानिर्देशक कार्की


यलम्वर टाइम्स
२० पुष २०७९, बुधबार १२:३४

याङशिला । राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक सुरेशकुमार कार्कीले तालिम प्राप्त विद्यार्थीलाई अनुशासितमात्र होइन राष्ट्रको सेवा गर्ने र गर्नुपर्छ भन्ने प्रेरणा जगाउने छ ।

मोरङ्गको याङशिलामा रहेको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा उपस्थित बुद्धिजीवि तथा तालिममा सहभागिहरुलाई सम्बोधन गर्दै महानिर्देशक कार्कीले मुलुक प्रजातान्त्रिक उन्मुख राष्ट्र भइसकेतापनि यहाँ उत्पादित धेरै धरोहरहरु विदेश पलायन भएर मुलुक नै असक्षमहरुको देश भनेर परिचय दिने भइरहेको हुँदा तालिम प्राप्त विद्यार्थीहरु स्वदेशमा नै केही गर्नुपर्छ भन्ने ज्ञान राष्ट्रिय सेवा दलले दिने भएको बताउँदै तालिम उपयोगी मात्र होइन सक्षम र लिडर बनाउने काम हो ।

महानिर्देशक कार्कीले साँझको तालिम प्राप्त विद्यार्थीहरुको नृत्यलाई नियाल्दै विद्यार्थीहरुले देशभक्ति सन्देश कलामार्फत प्रस्तुत गरेकोमा सहरानीय भएको बताए ।

राष्ट्रिय सेवा दल पूर्वी तालिमको हलमा ४८ जुनियर डिभिजनका तालिम प्राप्त विद्यार्थीहरुले सुनुवार, राई, थारु, मारुनी, मिथिला, तामाङ सेलो, कौरा जस्ता नृत्य प्रस्तुत गरिरहँदा हाम्रो नेपाल साच्चैको साँझा फुलबारी रहेको बताउँदै महानिर्देशक कार्कीले विदेशी संस्कृति नेपालमा भित्रिसकेको हुँदा त्यसलाई परास्त पार्न नेपाली मन सक्रिय हुनुपर्ने बताए ।

मंगलबार पूर्वी तालिम केन्द्रमा आयोजित फुटबल खेलको फाइनललाई अवलोकन गर्दै कार्कीले तालिम प्राप्त भइसकेका विद्यार्थीहरुलाई समेटेर समाजसेवा, विपद् व्यवस्थापन सम्बन्धि काममा समाहित गर्न सकिने पनि समेत बताए ।

मंगलबार स्वस्तिका शिशु सदन अर्जुनधारा झापा र सुनसरी धरानको पब्लिक हाईस्कुल बीच फाइनल खेल भएको थियो । खेलमा स्वस्तिकाले १ विरुद्ध ३ गोल प्रहार गर्दै उपाधी जित्न सफल भएको थियो ।

सहभागि खेलाडीलाई महानिर्देशक कार्कीले उपविजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए भने विजेता स्वस्तिका शिशु सदनलाई ट्रफिसहित मेडल र प्रमाणपत्र क्याप्टेन शरण लिम्बूलाई प्रदान गरेका थिए ।
कार्यक्रममा पूर्वी तालिम केन्द्रका प्रमुख कर्णेल विमल केसी, एनप्याव्सनका केन्द्रीय उपाध्यक्ष जयकुमार श्रेष्ठ, प्याव्सन झापाका सहसचिव इश्वरा श्रेष्ठ, ब्लाष्ट टाइम्सका सम्पादक किशोर कार्की, यलम्वर टाइम्सका सम्पादक दिपीन राई लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमपछि जुनियर डिभिजन तालिम प्राप्त विद्यार्थीहरुलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने प्रेरणा जगाउन विद्यालयको पनि ठूलो हात हुने उपस्थित अतिथिहरुले निर्देशक कार्की समक्ष राखेका थिए ।

कार्कीले तालिम लिएका जुनियर डिभिजनलाई सेनामा सहभागि गराउनमात्र नभइ स्वदेशमै केही गर्नुपर्छ र राष्ट्र बचाउन लाग्नुपर्छ भन्ने विभिन्न कार्यक्रमहरु लिएर आउने समेत जानकारी दिए ।