आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु


यलम्वर टाइम्स
२६ पुष २०७९, मंगलवार ११:४६

कचनकवल । झापाको कचनकवलमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

आगो ताप्ने क्रममा अचानक शरीरको विभिन्न भाग जलेर घाइते भएकी कचनकवल गाउँपालिका वडा नं. १ कुटी बस्ने ७० वर्षिया हेमप्रभा माझीको मृत्यु भएको हो ।

अत्याधिक चिसो बढेसँगै मंगलबार बिहान घर बाहिर पराल बाली आगो ताप्दा घाइते बनेकी उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको थियो ।

उपचारको क्रममा मंगलबार दिउँसो १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।