कुटपिट गरी हत्या गर्ने श्रीमान पक्राउ « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

कुटपिट गरी हत्या गर्ने श्रीमान पक्राउ


यलम्वर टाइम्स
२८ पुष २०७९, बिहीबार ०८:३३

अर्जुनधारा । झापाको अर्जुनधारामा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा–९ खरबन्दी स्थित डेरा गरी बस्दै आएका अरुण गाँउपालिका–१ भोजपुरका ३५ का बिश्वराज घिसिङ रहेका छन् ।

घिसिङले मंगलबार बेलुकी ३६ बर्षीया श्रीमती प्रमिला भुजेलले खाना नपकाएको कारण सामान्य वादबिवादको क्रममा लात्तिले पेटमा हानेका थिए ।

श्रीमानको कुटाईबाट उनको घटना स्थलमा नै मृत्यु भएको थियो । लात्ति हानी श्रीमतीको हत्या गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

मृतक प्रमिलाकी ८ वर्षकी छोरी छिन् ।