शुद्ध पानी दिलाउन पछि नहट्न आग्रह « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

शुद्ध पानी दिलाउन पछि नहट्न आग्रह


यलम्वर टाइम्स
३० पुष २०७९, शनिबार ०३:२१

[दीपसन राई]

सिस्ने । मानव जीवन पानीसँग जोडिएको हुँदा आम उपभोक्तालाई शुद्ध पानी दिलाउनमा पछि नहट्न नगर प्रमुख बलदेव गोम्देनले आग्रह गरे ।

खुदुनाबारी–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १७ औं वार्षिक कार्यक्रम उद्घाटन गर्दै मानिसको मुख्य औषधालय घर भएको हुँदा घरलाई नै औषधालयको रुपमा विकास गर्दै स्वस्थ्य जीवन जीउने आधारहरु खोज्न आग्रह गरे ।

संस्थाको वार्षिक प्रतिवेदनप्रति नगरपालिका गम्भीर भएको बताउँदै नगरले गर्ने कामप्रति पछि नहट्ने पनि बताए ।

सोही कार्यक्रममा संस्थामा आवद्ध भइसकेका पूर्वअध्यक्ष लगायतलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा बीरबहादुर राई, मदनकुमार दनुवार, उपेन्द्र बस्नेत, चन्द्रकला विक, रुद्रप्रसाद श्रेष्ठ, केशरमणि निरौला, दुर्गा अधिकारी, लक्ष्मी फुयाँल, राजकुमार तामाङ, उषा कडरिया, लीलामाया ठकुरी र ललितादेवी बराल रहेका छन् ।

१७ वर्षअघि स्थापित उक्त उपभोक्ता समितिमा २ हजार ९७ धारा जडान भएको बताएका थिए ।

वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष विष्णुप्रसाद प्रसाईले माग भए अनुसारको धारा जडान गर्नका लागि दाता आवश्यक रहेको बताउँदै चुस्तदुरुस्त र जनताको माग अनुसार पानी पिलाउने पनि बताए ।

मदन दनुवारको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने उपस्थित अतिथिहरुलाई उपाध्यक्ष पूजा तिम्सिना खड्काले स्वागत गरेकी थिइन् ।