जेसीजका राष्ट्रिय अध्यक्ष अर्जुनधारा आउँदै « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

जेसीजका राष्ट्रिय अध्यक्ष अर्जुनधारा आउँदै


यलम्वर टाइम्स
३० पुष २०७९, शनिबार ०३:३१

अर्जुनधारा । नेपाल जेसीजका अध्यक्ष विकास मानन्धर अर्जुनधारा आउने भएका छन् ।

अर्जुनधारा जेसीजको १० औं पद हस्तान्तरण कार्यक्रम उद्घाटन गर्न मानन्धर आउने भएको अर्जुनधारा जेसीजका अध्यक्ष प्रेम खड्काले बताए ।

पद हस्तान्तरण कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमसँगै स्वस्तिकाका एनसीसी क्याडेटहरुको प्रदर्शन समेत रहने जनाइएको छ ।