नेतृत्व आफै निर्माण गर्न सके राष्ट्रको लिडर हुन सक्ने जेसीज अध्यक्ष मानन्धर « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

नेतृत्व आफै निर्माण गर्न सके राष्ट्रको लिडर हुन सक्ने जेसीज अध्यक्ष मानन्धर


यलम्वर टाइम्स
२ माघ २०७९, सोमबार ०९:३८

अर्जुनधारा । अर्जुनधारा जेसीजको १० औं पद हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर विकास मानन्धरले नेतृत्व कसैले नबनाइदिने आफैले बनाउनुपर्ने बताएका छन् ।

शनिबार जेसीज परिषरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मानन्धरले जेसीजमा रहेर नेतृत्व विकास गर्नु संगठनभित्र सक्रिय हुनु हो । जेसीजको लाइन र विधि, प्रक्रियालाई पछ्याउँदै यसले प्रदान गर्ने तालिमलाई अनुसरण गर्न सके नेतृत्वमा आउन समय नलाग्ने बताए ।

उनले १७० भन्दा बढी शाखा भए पनि अर्जुनधारा जेसीजको गरिमा उच्च रहेको मैले बुझेको छु । पटक–पटक अर्जुनधारा जेसीजको प्रयासले यो पटक राष्ट्रिय उपाध्यक्ष पद ल्याउनमा धेरै मिहेनत गरेको हुँदा इतिहासमा अर्जुनधारा जेसीजको एउटा इटा थपिएको बताए ।

अर्जुनधारा जेसीज वर्ष ०२२ का अध्यक्ष भीम कुँवरको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख बलदेव गोम्देनले जेसीजकै नेतृत्वमा रहेर आज नगर प्रमुख हुन पाउँदा गर्व लागेको बताउँदै नगरसँग सहकार्य गरेर अगाडि बढ्न सके अर्जुनधाराको इतिहासमा जेसीजको नाम रहने बताए ।

कार्यक्रममा अर्जुनधारा उद्योग वाणिज्य संघमा आवद्ध जेसीजका संस्थापक तथा पूर्व अध्यक्ष इन्दिवर खड्का, बसन्त सोमानी, दिपीन राई, प्रल्हाद ढुंगाना र अजय देवलाई सम्मान गरिएको थियो भने सक्रियताका साथ अगाडि बढेका बिमला भट्टराई लगायत दुई खेलाडीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वस्तिका शिशु सदनको एनसीसी परेड र एम्स एकाडेमीको नृत्य प्रदर्शन गरिएको थियो भने झापाका शाखा अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा वर्ष ०२३ का अध्यक्ष प्रेम खड्कालाई पूर्वअध्यक्षहरुले अध्यक्षको चेन लगाई अगाडि बढ्न अनुरोध गरेका थिए ।

०२३ का महासचिव वेदनारायण गोदारले सञ्चालन गरेको सभामा सभासद प्रेमबहादुर गिरी, निमित्त चारआलीका प्रमुख अभिषेक विष्ट, प्रहरी चौकी शनिश्चरेका प्रमुख कुमार ढकाल, प्रेस क्लब अर्जुनधाराका अध्यक्ष रमेश समदर्शी, प्याव्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौला, वडा नं. १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, ३ का वडाध्यक्ष सीताराम भट्टराई, वडा नं. ४ का अम्मर कटुवाल, वडा नं. ५ का गीताराज खड्का, वडा नं. ६ का हरिशचन्द्र बास्तोला, वडा नं. ७ का गोविन्द खतिवडा, वडा नं. ८ का कुमार उप्रेती, वडा नं. ९ का भिष्म मिश्र, वडा नं. १० का भूपेन्द्र न्यौपाने, प्याव्सनका सहसचिव ईश्वरा श्रेष्ठ, नेपाली कांग्रेसका सभापति हेमराज खरेल, योजना अधिकृत हिमराज सेढाई लगायतको उपस्थिति रहेको थियो ।

अर्जुनधारा जेसीजका बालगोपाल गौतमको संयोजकत्वमा भएको कार्यक्रममा समाचार सम्प्रेषणमा सहयोग गरेवापत बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसी निरौलालाई सम्मान गरिएको थियो ।