यले सम्वत ५०८३ किराती संघसंस्थाले मनाउन बिर्सन नहुने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

यले सम्वत ५०८३ किराती संघसंस्थाले मनाउन बिर्सन नहुने


यलम्वर टाइम्स
२ माघ २०७९, सोमबार ०९:५०

खुदुनाबारी । यले सम्वत ५०८३ किरात राई यायोक्खा खुदुनाबारी क्षेत्रका ३ वटा वडाले छुट्टै मनाएको छ ।

अर्जुनधारा ३ स्थित कैदले पर्यटन क्षेत्रभित्र रहेको माङखिम परिषरमा यले सम्वत मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बलदेव गोम्देनले पानसमा बत्ती बाल्दै आफ्नो पहिचानलाई कायम राख्न यस्ता सम्वतको ठूलो भूमिका हुने बताउँदै माङखिम निर्माणमा नगरबाट हुने सहयोग प्रदान गर्ने समेत बताए ।

कार्यक्रममा यले सम्वतको औचित्य र मनाउनुपर्ने विषयमा पत्रकार दिपीन राईले प्रस्याउँदै यसलाई व्यापकता प्रदान गर्न राज्यको सहयोग रहनुपर्ने बताए ।

कार्यक्रममा नगर प्रमुख गोम्देनलाई माइती मान्दै बिर्तामोडको साकेला टोलीले प्रस्तुत गरेको साकेला नृत्य रोचक देखिएको थियो ।

संयुक्त वडा समितिका संयोजक सुवास राईको सभापतित्वमा भएको कार्यक्रममा अर्जुन हाङछेन राई, ढुण्डीराज गौतम, वडाध्यक्ष सीताराम भट्टराई, घेदुङ संघका बृखबहादुर गोले, कैदले पर्यापर्यटनका उपाध्यक्ष दिपक दुलाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न जातीय संघसंस्था, सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सुमन्ता राईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन तारामान साम्पाङ राईले गरेका थिए ।