अर्जुनधारा जेसीजद्वारा झण्डोत्तलनसँगै साधुटार मन्दिरलाई डस्बीन प्रदान « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अर्जुनधारा जेसीजद्वारा झण्डोत्तलनसँगै साधुटार मन्दिरलाई डस्बीन प्रदान


यलम्वर टाइम्स
५ माघ २०७९, बिहीबार ११:०९

अर्जुनधारा । नेतृत्व निर्माणमा अगाडि बढेको अर्जुनधारा जेसीजले पहिलो बोर्ड बैठकमा राष्ट्रिय झण्डासहित जेसीज झण्डाको झण्डोत्तलन गरेको छ ।

जेसीज भवनमा भएको बैठकमा १० औं पद हस्तान्तरण कार्यक्रमको समिक्षासँगै आगमी वर्षलाई कसरी सफल बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

छलफलपछि झण्डोत्तलन गर्दै अर्जुनधारा–१ स्थित साधुटार मन्दिरमा जेसीजको तर्फबाट १० वटा डस्बीन प्रदान गरिएको थियो ।

पूर्व अध्यक्ष सार्दूलहाङ ओलीबाट ५ थान र अर्जुनधारा जेसीज २०२३ को तर्फबाट ५ थान गरि रु. १२ हजार बराबरको डस्बीन वितरण गरिएको थियो ।

अध्यक्ष प्रेम खड्काको सभापतित्वमा भएको कार्यक्रममा बन्धुत्वको भावना निर्माण गर्न जेसीज वर्ष २०२३ पहिलो पटक साधुटार आएको वर्ष २०१८ का अध्यक्ष अजय देवले बताए ।

डस्बीन प्राप्त गर्दै साधुटारका व्यासाचार्य गुरु लक्ष्मीप्रसाद खतिवडाले जेसीजको नीति, नियम र विधि प्रशंसनीय भएको बताए ।

अर्जुनधारा जेसीजले आज बिहीबार साँझ ६ बजे देवकोटा चोकमा माघ १ गते हवाई दुर्घटनामा परी दिवंगत हुन पुगेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त शोक सभा कार्यक्रम गर्ने भएको अध्यक्ष प्रेम खड्काले जानकारी दिए