अभियान्ता भण्डारीले शिवनारायणका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरे « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

अभियान्ता भण्डारीले शिवनारायणका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरे


यलम्वर टाइम्स
५ माघ २०७९, बिहीबार ११:४६

अर्जुनधारा । युवा अभियान्ता तथा सञ्चार सहयोगी कौशल भण्डारीले अर्जुनधारा–४ स्थित शिवनारायण प्राविका ३५ छात्रछात्रालाई न्यानो कपडा वितरण गरेका छन् ।

बुधबार विद्यालय हाताभित्र पिरियोड लाइनमा उपस्थित विद्यार्थीलाई स्वीटर प्रदान गरेका हुन् ।

उनीसँगै शनिश्चरे माध्यमिक विद्यालयका प्रअ चेतामणि खनाल पनि सहभागि थिए ।

भण्डारीले यसअघि पनि विभिन्न क्षेत्रका विद्यालयहरुमा निःशुल्क कपडा वितरण गर्दै आएका छन् ।

कहिले रोगी, बिरामी त कहिले असहायहरुको सेवामा लागि परेका भण्डारी अर्जुनधारा–५ कञ्चनबारीमा बसोबास गर्छन् । उनी सञ्चार सहयोगी पनि हुन् ।

सञ्चारकर्मी नपुगेका ठाउँमा समाचार संकलन गरि सम्प्रेषण गर्ने र सञ्चारकर्मीहरुसँग हातेमालो गर्ने काम गर्छन् ।

अर्जुनधारा स्थित मेरो रेडियोमा आवद्ध भण्डारी युवा अभियान्ताका रुपमा उदाउँदै छन् ।