प्रतिपक्ष नहुँदा मुलुक संकटको घडीमाः जनमुक्ति « Yalambar Times
२६ जेष्ठ २०८२, आईतवार

प्रतिपक्ष नहुँदा मुलुक संकटको घडीमाः जनमुक्ति


यलम्वर टाइम्स
६ माघ २०७९, शुक्रबार ०८:४४

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टीले ३२ औं स्थापना दिवस मनाउँदै मुलुकमा प्रतिपक्ष दल नभएको हुँदा संकट ग्रस्त हुने दिन आएको बताएका छन् ।

स्थापना दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले प्रतिपक्ष नभएको मुलुकमा सुशासन, इमान्दारिता र पारदर्शीता नहुने भएको हुनाले मुलुकले संकट व्यहोर्नुपर्ने अवस्था आएको बताउँदै त्यसको विरुद्धमा साना दल एक हुनु बाहेक अर्को विकल्प नभएको बताएका छन् ।

शुक्रबार पार्टी स्थापित ६५ जिल्लामा स्थापना दिवस मनाउँदै शुभकामना आदनप्रदान गरेका छन् । पार्टी स्थापनापछि यहाँसम्म आउँदा पार्टीका दिवंगत कार्यकर्ताप्रति मौन धारण गर्दै योद्धाहरुमा स्वास्थ्य लाभको कामना गरेका थिए ।

पार्टी अर्जुनधाराले आयोजना गरेको कार्यक्रममा महिला नेतृ मीना पन्धाकले मुलुकमा रहेका नश्लियत चिन्तन बोकेका दलहरु ०७९ को निर्वाचनपछि एक भएर देशलाई संकटको दिसामा धकल्दै आदिवासी जनजाति, महिला उत्पीडनका मुद्दालाई ओझेलमा पारेको बताइन् ।

३२ औं स्थापना दिवसको उद्घाटन गर्दै केन्द्रीय सचिव गजेन्द्र आङ्बोहाङले आदिवासीको साहित्यबाट मुलुकलाई अगाडि बढाउन आदिवासी जनजातिहरु अग्रगतिमा आउन आह्वान गरे ।

नगर अध्यक्ष राज खम्बूको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश अध्यक्ष पर्शुराम मगर, उपाध्यक्ष तिलसिंह माङ्मु, सचिव कृष्णकुमार थेवे, भरतसिंह राई, महेन्द्र इङ्नाम लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन भने खड्ग चेम्जोङले गरेका थिए ।