जातिको मौलिक संस्कार र पहिचान राजनीतिक दलभित्र नपाइएको दुमी वंशावलीको ठहर « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

जातिको मौलिक संस्कार र पहिचान राजनीतिक दलभित्र नपाइएको दुमी वंशावलीको ठहर


यलम्वर टाइम्स
८ माघ २०७९, आईतवार १०:२५

अर्जुनधारा । आफ्नो जातिको मौलिक संस्कार र पहिचान राजनीतिक पार्टीभित्र नपाइएको हुँदा एकता भई जातिभित्रै खोज्नुपर्ने दिन आएको एक समारोहमा उपस्थित वक्ताहरुले बताएका छन् ।

शनिबार अर्जुनधारा–९ मिलन चोक स्थित दलवान–हर्कदल किरात दुमी राई राइचु वंशवाली उत्थान समाज नेपालको ११ औं वार्षिक सभामा सो कुरा बताएका हुन् ।

कार्यक्रममा गायक तथा किरात राई जातिका अगुवा अन्वेषक जितेन राईले आफ्नो मौलिकता अरुबाट प्राप्त नहुने भएको हुँदा यसरी वंशवाली खोज्दै छलफल गर्नु आउने सन्ततिका लागि सजिलो हुने बताए ।

भरतसिंह राईको सभापतित्वमा भएको सभामा भारतको सिलीगुढी, डुअर्स, नेपालका सुनसरी, मोरङ, इलाम, पाँचथर र काठमाण्डौका दुमी राइचुहरुको उपस्थिति रहेको थियो ।

प्रेमबहादुर राईले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा दुमी राईबाट स्नाकोत्तर गरेका सोना दुमी राई र भावना दुमी राईलाई सम्मान गरिएको थियो ।

दुमी राईहरुको बृहत छलफलपछि आगामी १२ औं भेला बुद्धशान्ति ४ मा गर्ने निर्णय गर्दै नयाँ कार्य समिति समेत गठन गरेको छ ।

समितिमा अध्यक्ष सूर्य दुमी राई, उपाध्यक्षमा हर्क दुमी राई, सचिव रामकुमार राई, सहसचिव शुक्र राई, कोषाध्यक्षमा श्याम राई चुनिएका छन् ।

यसरी सदस्यहरुमा भावना दुमी राई, कपिल दुमी राई, बलु दुमी राई, पूर्णमान दुमी राई, चन्द्र दुमी राई रहेका छन् ।

सल्लाहकारहरुमा संयोजक भरतसिंह दुमी राई, सदस्यमा प्रेम दुमी राई, लक्ष्मीप्रसाद राई, दलबहादुर राई र रामबहादुर दुमी राई रहेका छन् ।