लागू औषध दुव्र्यसनी अन्त्य गर्न लाग्नेछुः प्रजिअ पोखरेल « Yalambar Times
८ बैशाख २०८२, सोमबार

लागू औषध दुव्र्यसनी अन्त्य गर्न लाग्नेछुः प्रजिअ पोखरेल


यलम्वर टाइम्स
१७ माघ २०७९, मंगलवार १०:२५

चन्द्रगढी । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले झापामा बढ्दो लागूऔषध तथा दुव्र्यसनिलाई पूर्ण रुपमा अन्त्य गर्ने बताएका छन् ।

सोमबार जिल्लाका राजनीतिक दलका प्रमुख र सुरक्षा संयन्त्रका प्रमुखहरुसँग परिचयात्मक तथा भेट्घाट कार्यक्रम गर्दै सो कुरा बताएका हुन् ।

४ दिनअघि झापाको प्रमुख जिल्ला अधिकारिको रुपमा आएका पोखरेलले जिल्लामा भएका अन्य समस्याहरु हात्ती आतंक, सीमवर्ती क्षेत्रका समस्याहरु र तिनका निराकरण तथा अन्य समसामयिक विषयहरुमा समेत महत्वपूर्ण छलफल गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, नेकपा एमालेका जिल्ला उप–सचिव असारु राजवंशी, नेकपा माओवादीका तर्फबाट जिल्ला सह–इन्चार्ज सीपी कडरिया, रास्वपाको तर्फबाट जिल्ला सभापती उमेश खरेल, जनता समाजवादी पार्टी, नेपालका तर्फबट जिल्ला अध्यक्ष दिपेन बाला र प्रदेश सदस्य गौरीमान राई लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै जनमत पार्टीका जिल्ला अध्यक्ष भोटलाल राजवंशी, नेकपा एसका जिल्ला अध्यक्ष वेदराज रेग्मी, लोसपाका अनुत सिहं राजवन्शी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, शसस्त्र प्रहरी बलका उपरीक्षक देवराज अर्याल, राष्ट्रिय अनुसन्धानका उप–निर्देशक तुलसीराम प्रसाईं र प्रहरी नायव उपरीक्षक बसन्त पाठकको उपस्थिति रहेको थियो ।