इलामबाट हराएका सात युवती फेला « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

इलामबाट हराएका सात युवती फेला


यलम्वर टाइम्स
१८ माघ २०७९, बुधबार ०८:०७

अर्जुनधारा । इलाम बजारबाट हराएका सात युवतीहरु प्रहरी चौकी शनिश्चरेले फेला पारेको छ ।

मंगलबार घरबाट विद्यालय हिंडेका ती युवतीहरुलाई सुराकीका आधारमा प्रहरी चौकी शनिश्चरेले आज (बुधबार) अर्जुनधारा–१ मदनपुरबाट फेला पारेको हो ।

प्रहरी चौकी शनिश्चरे प्रमुख कुमार ढकालका अनुसार इलाम आदर्श माविमा अध्ययनरत् ती युवतीहरु साथीको बर्थडे मनाउन झापा हिंडेको भन्दै अभिभावकलाई जानकारी नदिइ मोवाइल स्वीज अफ गरी एकाएक गुमनाम भएका थिए ।

साँझपखसम्म विद्यालयबाट घर नफर्किएपछि अभिभावकहरु विद्यालय हुँदै प्रहरी प्रशासन गुहार्न बाध्य भएका थिए ।

घर छाडी भाग्नेहरुमा दिपीसा राई, सोफिया गुरुङ, अञ्जली चौधरी, युना खाती, अञ्जु ठकुरी, सुष्मा ठटाल, रोशनी विक रहेका छन् ।

कक्षा ८ र ९ मा अध्ययनरत ती युवतीहरु अर्जुनधारा–१ स्थित मदनपुरका दिपेश कार्की डोली र दिवस कार्कीलाई आफन्त मान्दै झापा आएको युना खातीले बताइन् ।

प्रहरी चौकीका अनुसार उनीहरु दुवैलाई अनुसन्धानमा राखेर युवतीहरुलाई आफन्तको जिम्मा लगाइदिने भएका छन् ।