कसले रोक्ने लागूऔषध दुव्र्यवसनी « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

कसले रोक्ने लागूऔषध दुव्र्यवसनी


यलम्वर टाइम्स
२९ माघ २०७९, आईतवार ०५:३२

नेपाली समाजमा झागिदै आएको लागू पदार्थ दुव्र्यवसनले प्रत्येक परिवारलाई पीडा दिँदै आएको छ । झट्ट हेर्दा आफूलाई नपरे जस्तो देखिए पनि लागूऔषध कुनै न कुनै ढंगले प्रत्येक परिवारलाई छुदै आएको पाइन्छ । झापा जिल्ला कारागारमा मात्र लागूऔषध दुव्र्यवहार र ओसारपसारमा ७० प्रतिशत युवाहरु परेका छन् । ती युवाहरु विद्यार्थीदेखि बरोजगार बनेकाहरु भेटिन्छन् । झापा जिल्ला कारागारमा मात्र हेर्ने हो भने ४५० बढी लागूऔषध कारोबारमा संलग्न युवाहरु भेटिन्छन् ।

दिनानु दिन लागूऔषधमै पक्राउ पर्नुको पछाडि के छ त ? विशेषत बेरोजगार, आर्थिक अभाव र युवाहरुलाई सकारात्मक मानसिकतामा उभ्याउनु नसकिएको कारण नै लागूऔषध प्रयोगसँगै ओसारपोसारमा भेटिएको अनुसन्धानले देखाएको छ । नेपाली समाज यसरी फसिरहँदा स्थानीय सरकार, प्रदेश सरकार मौनता साध्नु राम्रो दृष्टिकोण होइन । केही गर्न सकिएन भने पनि युवाहरुलाई मनोरञ्जन खेलकुदमार्फत कुलतबाट मुक्त गर्न सकिने धेरै उपायहरु छन् । सरकारले प्रधानमन्त्री रोजगार जस्ता ठाउँमा युवाहरुलाई प्रोत्साहित गरेर अल्मलाउनु त्यतिमात्रै होइन सीपमूलक कार्यक्रमहरुमा समायोजन गर्नु, प्रोत्सहान हुने बाटोहरु देखाउन सके यतिधेरै कुलतमा फस्ने थिएनन् होला ।

अनुसन्धानका धेरै पाटाहरुले युवालाई स्वदेशमै रोजगार निर्माण गरि अगाडि बढाउन सके कुलत जस्ता कार्यमा फस्ने थिएनन् । त्यसैले लागूपदार्थ दुव्र्यवसनीको अन्त्य तत्काल सम्भव नभए पनि न्यूनिकरणको बाटोहरु खोज्न स्थानीय, प्रदेश र संघ सरकार लाग्न जरुरी छ । नत्र नेपालमा खोलिएका जेलहरुमा १८ देखि ३५ वर्षसम्मका युवाहरुको उपस्थिति बढ्दै जानेछ । जेलमा युवाहरुको उपस्थित हुनु देश असफलताको बाटोमा उन्मुख हुनु हो । त्यसतर्फ सबैको ध्यान जान जरुरी छ । युवा शक्तिहरुले पनि आर्थिक आर्जनको वैकल्पिक बाटो लागूऔषध ओसारपासर मात्र हो भनेर सम्झिनु सकरात्मक मार्ग नभइ अध्याँरो बाटो समातिदैछ भनेर बुझ्नु जरुरी छ । त्यसतर्फ सबैको चेतना भया ।