मलमासका कारण २०८० का पर्व पछाडि धकेलिए, चैते दशैं २०८१ बैशाखमा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

मलमासका कारण २०८० का पर्व पछाडि धकेलिए, चैते दशैं २०८१ बैशाखमा


यलम्वर टाइम्स
१ फाल्गुन २०७९, सोमबार ०८:२७

झापा । मलमासका कारण विक्रम सम्वत् २०८० सालका सबै चाडपर्व पछाडि धकेलिएका छन् ।

मलमास अर्थात् अधिक वर्षका कारण प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार २०८० सालमा तीजको व्रत असोज १ गते परेको छ ।

यस्तै २०८० सालको घटस्थापना असोज २८ गते परेको छ भने कात्तिक ४ गते फूलपाती, ५ गते महाष्टमी, ६ गते महानवमी, कात्तिक ७ गते विजयादशमी र ११ गते कोजाग्रत पूर्णिमा परेको परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कात्तिक २७ गते लक्ष्मीपूजा र कात्तिक २९ गते भाइटीका परेको छ ।

छठ पर्व मंसिर ३ गते परेको छ । मलमासकै कारण २०८० सालको चैते दशैँ २०८१ मा पुगेको छ ।

२०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैता अष्टमीमा मनाइने चैते दशैँ २०८१ को वैशाखमा परेको समितिले जनाएको छ ।