विकासानन्द फाउण्डेशनद्वारा पत्रकार राईसहित समाजसेवीहरु सम्मानित « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

विकासानन्द फाउण्डेशनद्वारा पत्रकार राईसहित समाजसेवीहरु सम्मानित


यलम्वर टाइम्स
२२ बैशाख २०८०, शुक्रबार १२:४२

बिर्तामोड । ग्रामिण पत्रकारिता गरेको भन्दै यलम्वर टाइम्सका सम्पादक दिपीन राईलाई सम्मान गरिएको छ ।

विकासानन्द फाउण्डेशन झापाले शुक्रबार डोमलाल रंगशालामा एक विशिष्ट कार्यक्रम गर्दै पत्रकार राईलाई सम्मान गरिएको हो । राईसँगै अर्का युवा पत्रकार सुब्रत न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।

लामो समयदेखि पत्रकारिता गरेका राई निष्पक्ष र लिडर भएर समाज रुपान्तरणका लागि काम गरेको भन्दै फाउण्डेशनका संस्थापक योगी डा. विकासानन्द सम्मानपत्र र विशिष्ट अतिथि कमलेश्वरी आनन्दबाट दोसल्ला ओढाई सम्मान गरिएको हो ।

यसरी नै समाजसेवी जलकुमार गुरुङ, सहारा नेपालका महेन्द्रकुमार गिरी, इष्ट होराइजनका सञ्जीव राई, कनकाईका फाउण्डर जयनारायण ढुंगाना लगायत सम्मान गरिएको थियो ।

मेहर मगरको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन विजय बरालले गरेका थिए । कार्यक्रममा डा. विकासानन्दले मानिसको भित्रिय शक्ति पहिचान गर्न नसक्दा मनको बाघले खाए जस्तै डिप्रेशनको सिकार हुने गरेको बताए ।

मनलाई चारैतिर घुमाएर अगाडि बढ्न सके जस्तोसुकै समस्या समाधान गर्न सकिनेमा जोड दिए । उनले योग र हिप्नोसिया जस्ता कार्य गर्न सके डिप्रेशन भागेर जाने ठोकुवा गरे ।

कार्यक्रममा अभिनेत्री गौरी मल्ल लगायत विभिन्न जिल्लाबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।