प्रेस युनियन झापाको अधिवेशन बैशाख ३१ मा « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

प्रेस युनियन झापाको अधिवेशन बैशाख ३१ मा


यलम्वर टाइम्स
२४ बैशाख २०८०, आईतवार ०६:५०

बिर्तामोड । नेपाल प्रेस युनियन झापा शाखाको १० ओैं अधिवेशन वैशाख ३१ गते हुने भएको छ ।

शुक्रबार बिर्तामोडमा सम्पन्न प्रेस युनियन झापाको बैठकले वैशाख ३१ गते आईतबार जिल्ला अधिवेशन गर्ने निर्णय भएको युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले जानकारी दिइन् ।

युनियन झापाको अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने छ ।

अध्यक्ष पूर्वेलीको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता नारायण पौडेलको संयोजकत्व तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।

निर्वाचन समितिमा युवराज ढकाल र कल्पना कडरिया सदस्य रहेका छन् ।