सरोकारवालाहरुको सुझावः स्थानीय तहले लैङ्गिक बजेट निर्माणसँगै कार्यान्वयन गर्नुपर्छ « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

सरोकारवालाहरुको सुझावः स्थानीय तहले लैङ्गिक बजेट निर्माणसँगै कार्यान्वयन गर्नुपर्छ


यलम्वर टाइम्स
३१ बैशाख २०८०, आईतवार १०:२६

बिर्तामोड । स्थानीय तहले लैङ्गिक उत्तरदायी बजेट निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण नीति सबै पालिकामा निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, त्यसको सामाजिक परीक्षण गर्न सरोकारवालाले पालिकालाई सुझाएका छन् ।

संवाद समूह झापामा भएको छलफलमा सहभागी महिला नेतृहरुले त्यस्तो बताएका हुँन् । उनीहरुले शिक्षा, सचेतना, रोजगारीलाई प्राथमिकता दिन पनि सुझाए ।

विभिन्न पालिकाका प्रमुख उपप्रमुखले प्रतिकूल अवस्थाका बीच पनि आ.ब. ०८०÷८१ म लैङ्गिक उत्तरदायी बजेटलाई प्राथमिकता दिने प्रतिवद्धता जनाए ।

लक्षित समुदायको जीवनमा परिवर्तन ल्याउन आफूहरु लागिपर्ने उनीहरुको भनाई छ । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पबित्रा महत्तरा प्रसाई, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी र भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्नो पालिकामा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरणको अबस्था सुनिश्चित गर्न अग्रसर हुने बताए ।

उनीहरुले झापामा सबै पालिकाको लगानीमा साझा सेफ हाउस स्थापनामा जोड दिए ।

छलफलमा सहभागि नेपाल उद्यमशिल महिला संघ अध्यक्ष पार्बता खरेल विमली, संवाद समूह महिला समूह सदस्य पुष्पा लिम्बु, मेची महाकाली बुहारी संयुक्त आवाज अध्यक्ष सिखा खड्का गणेश, महिला सुरक्षा दवाव समूह झापा अध्यक्ष शारदा रिजाल, महिला मुक्ति अभियान झापा अध्यक्ष राधा सुब्बा, राजवंशी महिला समाज अध्यक्ष सनम राजवंशी, एबीसी नेपाल झापा अध्यक्ष कञ्चना ढकाल सिटौलाले विभिन्न सुझाव राखेका थिए ।

उक्त अवसरमा स्थानीय तहको निर्वाचनबाट विर्बाचित बिर्तामोडकी प्रमुख महत्तरा, कनकाईकी उपप्रमुख शर्मा र भद्रपुरकी उपप्रमुख कार्कीलाई संवाद समूह महिला समूहको तर्फबाट बधाई शुभकामना ज्ञापन तथा सम्मान प्रदान गरिएको थियो ।

छलफलको सहजीकरण संवाद समूह संयोजक कमला भट्टराई र अधिबक्ता कविता शर्माले गरेकी थिइन् ।